साझा नेटवर्क
चोम बिष्ट, रोल्पा जेठ १८ ।
रोल्पामा सनिवार दिउँसो करिब आधा घन्टा जति अविरल वर्षा संगै आएको पहिरोले लुङग्री गाउँपालिकाको वडा नम्बर ५ किलाचौरमा रहेको कार्यालय पुरिएको छ । पहिरोले कार्यालयमा ठुलो क्षति पुराएको छ ।

त्यस्तै २ वटा प्राइभेट मोटर साइकल समेत पुरिएको छ भने सरकारी नम्वर प्लेटको बाइकलाई पहिरोलाई पनि क्षति पुराएको छ । सोहि पहिरोले कार्यालयसंग सटेको घरमा बाहिर कुलेसो काट्दै गरेका अन्दाजी ५० वर्षीय गौमाला रोकाको ज्यान गएको छ ।
गाउँपालीकाको प्रशासन शाखा, योजना शाखा, अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा समेत ३ मिटरको उचाइमा पहिरोबाट आएको माटो(लेदो)ले भरिएको छ । शनिवार दिउसो गएको उक्त पहिरोले स्थानियहरुको अन्य घरमा समेत क्षति पुराएको छ ।
शनिबार कार्यलय बिदाको समय हुदा थप मानवीय क्षती हुनबाट जोगिएको छ । स्थानीय बासीलाई जोखिम क्षेत्रबाट सुरक्षीत क्षेत्रमा रहन गाउँपालिकाले बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend