logo
  • शुक्रबार, असोज ९ २०८३

नवयुग युवा क्लब पिपलधाराले गर्‍यो समिति पुनर्गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

श्रावण १ मेहर सिंह बस्नेत- गाजियाबाद भारत।
गुल्मीको सदरमुकाम तम्घासवाट करीव २३ किलोमिटर पश्चिममा पर्ने विकाशका हिसावले दुर्गम स्थान मानिन्ने उक्त क्षेत्रमा  कुनैपनि राजनितिक दलको ध्यान आकषर्ण  पुग्न सकेको  थिएन तर अव कसैको मुख ताकेर विकाश होला भनेर वस्ने हो भने यो गा.वि.स विकाशको हिसावले अझ पछि पर्छ भन्ने लागेपछि रोजगारीको शिलसिलामा विदेश तथा स्वदेश का विभिन्न कुना कन्द्राहरुमा  छरिएर रहेका पिपलधारा ३-४ का युवाहरूलाई संगठित गरि  गत  बर्ष  एक वर्ष अगाडि विधिवत रुपमा संचालित नवयुवा क्लव पिपलधारा गुल्मीले वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति गठन गरेको छ ।

२०७२ साल  कार्तिकमा  दर्ता गरी आफ्नो गाँउ आफै वनाऔ भन्ने  मूल नाराका साथ स्थापना भएको नवयुग युवा क्लव पिपलधारा ३ र ४ ले पिपलधारा ४ थामाचौर लाई पर्यटन विकाशको लागी भनेर डिम वहादुर महतको अध्यक्षतामा सस्था दर्ता गर्यो पीपलधाराको रमणीय स्थान थामाचौर पर्यटकिय सम्भावना वोकेको स्थान लाई प्रचार प्रसार गर्ने मन्दिर, प्रतिक्षालय बनाउने, स्टेज बनाउने उदेश्य ले उक्त युवा क्लवले पिपलधारा वाड न. ३ र ४ का बैदेशिक रोजगारिताको सिल सिलामा प्रवासियका  युवाहरुलाई हातमा हात  काधमा काध  गरि  सहयोग को लागि  आर्थिक अभियान चलाएको थियो । क्लब लाइ अझै ब्यावस्थित ढंगले संचालन गर्न को निम्ति पुरानो समिती लाई बिघट्न गरी नया जोश जागर र उमङगका साथ बिदेश वा स्वदेशमा रहेका युवा तथा स्थानीय केही बुद्धि जिबी हरुलाई समेटी कृष्ण प्रताप महतको अध्यक्षतामा १७ जनाको नयाँ कार्यसमितिगठन गरेको छ ।
समितीका पदाधिकारी हरु निम्न अनुसार रहेका छ्न ।
अध्यक्ष –  कृष्ण प्रताप महत
उपाध्यक्ष –  राजेन्द्र बस्नेत
उपाध्यक्ष –  कोषराज थापा
महासचिव –  गोबिन्द बस्नेत
सचिब –  बिरेन्द्र के.सी
सहसचिव-  बावुराम वी.क कोषाध्यक्ष –  नबीन खत्री
सहकोषाधक्ष-  मेहरसिह बस्नेत
सदस्यहरूमा
सकुन्तला महत
नारायण बस्नेत
कृष्णा बस्नेत
सूर्य थापा, श्री बिक्रम महत,
बिष्णु  महत
वसन्त अधिकारी
राजु थापा क्षेत्री
भिम सागर बि.क

नवयुग युवा क्लवलाई आर्थिक , भौतिक र नैतिक सहयोग गर्ने सोहि गाविसका होनहार युवा समाजसेवि कमान सिंहँ खत्री स्थाइ वसोवास काठमाडौमा रहेपनी गाउको माया मुटुमा रहन्छ भन्ने पष्ट पार्नु भएको छ । थामाचौर लाई पर्यटकीय क्षेत्रको रुप मा विकास गर्न उहाँको पहल मा केन्द्रबाट १६,००,०००(सोह्र लाख) बजेट २०७१/२०७२ मा पारी सक्नु भयको छर आगामी बर्षमा पनि पुन बजेटको लागि पहल गर्ने सकिने  जानकारी बताए  छ।साथै उक्त ठाउमा अहिले मन्दिर   निर्माण , पिकनिक स्पोट निर्माण  हुँदैछ।

उक्त परोपकारी क्लब ले पिपलधारामा आर्थिक स्थिति कमजोर भएका अशक्त परिवार र विरामी हरुलाइ आर्थिक सहयोग गर्दै आएको छ ।केहि महिना अगाडि पिपलधारा ९ का रमेश परियारको मुटु तथा मृगौलामा समस्या भएपछि उपचार गर्न धेरै पैशा लाग्ने र परिवारको आर्थिक  स्थिति  कमजोर भयको कारण उक्त नवयुग युवा क्लब ले रू २५,०००( पच्चीस हजार) सहयोग गरेको थियो ,दुर्भाग्य उनी बचेनन ।सोही पिपलधारा वार्ड नं ३ पधेरा  निवासी स्वर्गिय कुल बहादुर थापाको परिवारको लागि पनी सहयोग रकम उठाई सकेको र सो रकम एकमुष्ट केही दिन भित्र मा स्वर्गीय कुल बहादुरको परीवारलाई हस्तान्तरण गर्ने जानकारी उषाध्यक्षदय कोष वहादुर थापा तथा राजेन्द्र बस्नेत ले दिएका थिए ।

सरकार बाट विकास होला भनेर  वस्नुभन्दा  पिपलधाराका  युवाहरुजस्तै सवै गाविसका युवाहरु एकजुट भएर गाँउको विकाशमा लाग्ने हो भने केहि वर्षमै सवै गाविसको चौतर्फी बिकाश हुने र जनता ले राहत महसुस गर्ने थिए ।स्मरण  रहोस् सोही गाविस मा विगत  ढाइ वर्ष देखि विशुद्ध सामाजिक संस्था पिपलधाराचौतारी सम्पर्क समिति बिश्वसञ्जाल गुल्मी ले एतिहासिक काम गर्दै गाविस को चौतर्फी विकास मा सघाउदै आएको छ । हालैमा उक्त संस्थाले गा वि स को स्वास्थ्य चौकी लाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend