logo
  • सोमबार, असोज १२ २०८३

सामुदायीक वनको उच्चतम उपयोग गरि आयआर्जन वढाउनुपर्छ – जिसस उपप्रमुख भुसाल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बाग्लुङ जेठ १७ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामुदायीक वन नेपालकै सफल कार्यक्रम भएको बताउनु भएको छ । डुडेवाचौर सामुदायीक वनको रजत महोत्सव तथा विधान संसोधन भेलाको उद्घाटन गर्दै उपप्रमुख भुसालले बनलाई उपयोग गरेर आयआर्जन बढाउन सकिने वताउनु भएको हो । पानिको मुहान देखि हरेक पलको अक्सिजन बनले दिने भन्दै बन जोगाउने अभियानमा उपभोक्ताको भूमिकाको प्रशंसा गर्नुभएको छ । सरकार सुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा अगाडि वढिरहेको भन्दै जनप्रतिनिधिको हैसियतले आफू जनताको माझमै रहेको वताउनु भएको थियो । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष हिमा खरेल,डिभिजन वन कार्यालय खर्वाङका प्रमुख दिपक श्रीस,त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणी भण्डारी,संस्थापक नरिश्वर खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सामुदायीक वनका अध्यक्ष कृष्ण प्रसाद खरेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मन वहादुर थापाले १२ लाख वढिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सामुदायीक वन उपभोक्ता समितिका संस्थापक सदस्य, सामाजिक क्षेत्रमा योगदान गरेको विभिन्न व्यक्ति तथा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षता,सदस्य । सरस्वती रानाको स्वागत मन्तव्य तथा उपाध्यक्ष मेघनाथ खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend