logo
  • सोमबार, असोज १२ २०८३

धुर्कोटमा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम, १५० जनालाई रोजगारी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ १७ ।
धुर्कोट गाउँपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा संचालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तरगत पहिलो चरणमा गाउँपालिकाका कुल एक सय ५० जनालाई रोजगारी दिइएको हो ।

जसमध्ये वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्लाबाट २५÷२५ जनालाई रोजगार प्रदान गरिएको छ । भने बाँकि पाचँ वडाबाट २०/२० जनाका दरले रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

उक्त कार्यक्रमअन्तगत सडकमा ८१ जना, खानेपानी मर्मतका लागि १५ जना, कृषि र पशुपालनका लागि १५ जना, शिक्षामा १३ जना, स्वास्थ्यमा चार, सिँचाईमा १५ र विद्युतमा सात जनाले रोजगार पाएको सुचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए ।

कुल ३० दिन अर्थात एक महिनाका लागि दिइएको रोजगार कार्यक्रममा श्रमिकले नेपाल सरकारले तोकेको दैनिक ज्याला पाचँ सय १७ रुपैँयाका दरले एक महिनाको १५ हजार पाचँ सय प्राप्त गर्ने प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend