साझा नेटवर्क
अनिल खत्री गुल्मी साउन १।
गुल्मीको हस्तिचौर १ जुके पानीमा पहिरोले घरगोठ पुर्दा १ जनाको मृत्यु भएको छ । अबिरल वर्षा सगै आएको पहिरोले पुर्दा मल्दी निवासी ३८ वर्षिय बावुराम महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
पहिरोले पुर्दा गोठमा रहेको एउटा भैसी पनि मरेको छ । घरको बारतालिमा मकै छोडाई रहेका महतलाई पहिरोले पुर्दा घटन स्थलमै मृत्यु भएको स्थानिए ईन्द्राबहादुर कुँवरले जानकारी दिनुभयो । परीवारका अन्य सदस्य सकुसल रहेका छन् । पहीरोले घरमा रहेको अन्नपात सबै पुरीदीएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend