साझा नेटवर्क
हिम शिखर , गुल्मी जेष्ठ १७ ।
सफा सुरक्षित पानी, सुरक्षित जिन्दगानी’ भन्ने मुल नाराका साथ धुर्कोट गाउँपालिका २ पिपलधारा गुल्मीका साविकका दुईवटा वडानं ३ बङज्याङ र वडानं ४ बेताने लाई पुर्ण सरसफाईयुक्त टोल घोषणा गरिएको छ ।धुर्कोट गाउँपालिका २ पिपलधारा र वास (Water Sanitation & Hygiene)को संयुक्त आयोजनामा गरिएको कार्यक्रम सम्पन्न गरिएको हो ।
करिब तीनसय घरधुरी मा सफाइका ६ वटा सुचकहरु, दिशाको उचित व्यवस्थापन चर्पी को नियमित प्रयोग तथा सरसफाइ, जोखिमपुण अवस्थामा साबुनपानीले हातधुने, व्यक्तीगत सरसफाइ, घरायसी सरसफाइ, पिउनेपानीको सुरक्षित भण्डार एवम् शुद्धिकरण,वातावरणिय सरसफाइको पुणतया पालना गर्दै योजना सम्पन्न गर्न सफल भएकाले उक्त दुईवडालाई पुर्ण सरसफाइ युक्त टोल घोषणा गरिएको हो ।
धुर्कोट गाउँपालिका २ का वडा अध्यक्ष नवीन जिसीको अध्यक्षता, गाउँपालिका प्रमुख भुपाल पोखरेल को प्रमुख आतिथ्य र गाउँपालिका उपप्रमुख शिव खत्री र प्रमुख प्रसाशकिय अधिकृत काशिराम पन्थीको विशेष आतिथ्यमा सपन्न उक्त कार्यक्रममा धुर्कोट गाउँपालिकाका स्वास्थ्य इन्चार्ज प्रेम खनाल शिक्षा शाखा प्रमुख मधु घिमिरे, धुर्कोट गाउपालिका कार्यपालिका सदस्य कमला घर्ती, Wash संयोजक छविलाल विश्वकर्मा, वडा सदस्य बाबुराम केसि, सुमित्रा खनाल, अमृता विश्वकर्मा, विभिन्न विद्यालयका प्रअहरु, विभिन्न राजनीतिक दलका प्रतीनिधि, विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवि, स्वयंसेविका, ज्ञानोदय मावीका विद्यालय स्टाफ, विद्यार्थी लगायत आम वडावासिको उपस्थिति रहेको थियो ।
ज्ञानोदय माविको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा उक्त अभियानलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्याउने समाजसेविहरु लाई सम्मान पत्र र दुवै टोलका प्रतिनिधि लाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमको सन्चालन वास प्रतीनिधि लालमणि भण्डारीले गर्नु भएको थियो । स्मरण रहोस् धुर्कोट गाउँपालिका २ पिपलधारा साविक को १ नं वडा उदिना पनि यसभन्दा अघि पुर्ण सरसफाइ युक्त टोल घोषणा भइसकेको छ ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend