logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा फोटो ग्राफर संघको तदर्थ समिति गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी जेठ १७।
गुल्मी जिल्ला फोटो ग्राफर संघको पहिलो भेला तम्घासमा सम्पन्न भएको छ । लुम्बिनी फोटो ग्राफर संघको सहयोग तथा गुल्मी फोटो ग्राफर संघको आयोजनामा सम्पन्न भेलाले हरि न्यौपाने संयोजक तथा रेमलाल बस्याल महासचिव रहेको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।


जिल्लाका सम्पूर्ण फोटो व्यवसायी हरुलाई एकतृत गरी जिल्लामा रहेका सम्पूर्ण फोटो व्यवसायीहरुलाई यस संस्थामा आबद्ध गर्ने हेतुले यो भेलाको आयोजना गरिएको तदर्थ समितिका महासचिव रेमलाल बस्यालले बताए । नेपाल फोटो ग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले यो व्यवसायमा लाग्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रबिधिसँग अपडेट हुँदै अगाडि बढ्न आग्रह गरे ।

उनले बढ्दो प्रबिधिको विकाससँगै फोटो व्यवसायको पनि विकास हुँदै गएको कुरा उल्लेख गरेका थिए । इतिहास कोट्याउँदै उहाँले थप्नु भयो हिजो हामीले अध्यारो कोठामा रिलद्वारा घण्टौ लागाएर प्रिन्ट गर्ने फोटो आज खिचिक्क पार्ने बित्तिकै प्रिन्ट गर्न सकिने अवस्थासम्म आएको बताए ।

फोटो व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रबिधिसँग हातेमालो गर्दै पेशालाई अगाडि बढाउन सके हामीहरुले यस पेशाबाट नाम र दाम दुबै हासील गर्नुका साथै जिल्लाको पर्यटन विकासमा पनि टेवा पु¥याउन सकिने कुरा तदर्थ समितिका संयोजक हरि न्यौपानेले बताए ।

कार्यक्रममा नेपाल फोटो ग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, लुम्बिनी फोटो ग्राफर संघका बरिष्ठ उपाध्यक्ष मनिष पन्थ, जिल्लाकै बरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेको सहभागिता रहेको थियो ।

लुम्बिनी फोटो ग्राफर संघका सचिव माधव प्रसाद पन्थ, कोषाध्यक्ष प्रेम बहादुर अर्याल सदस्य कमला घर्ती र रविलाल न्यौपानेको पनि सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend