logo
  • सोमबार, असोज १२ २०८३

प्यूठानमा बाढीले बगाएकी महिलाको शव पहिचान 


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्यूठान जेठ १७ ।
प्यूठानमा बिहीबार वर्षासँगै झिमरुक नदीमा आएको बाढीले झिमरुक गाउँपालिका ५ खहरेकी निमकला रोकालाई बगाएको पुष्टी भएको छ ।

बिहिबार प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै खोला किनारमा मृतकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

शवको शुक्रबार बिहान मात्र पहिचान भएको छ । उनको शवको जिल्ला अस्पताल विजुवारमा पोष्टमार्टमका लागि राखीएको छ । प्यूठानमा बिहीबार दिउँसो जिल्लाको व्यापारिक केन्द्र जुम्री,विजुवार,बाग्दुलासँगै विभिन्न स्थानमा हावाहुरीसहित पानी परेको थियो ।

हावाहुरीसहित परेको पानीले फोप्ली, माझकोट, जुम्रीकाडालगायतका क्षेत्रको अन्नवालीसमेत नोक्सान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend