साझा नेटवर्क
कमल पौडेल, बागलुङ जेठ १५ ।
नेपाल कम्यूनिष्ट पार्टि नेकपाको वडा तहको सपथ कार्यक्रम साविक दगातुन्डाडामा सम्पन्न भएको छ। यसै विच बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा वडा संगठन कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ। तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी मिलेपछि पहिलो पटक सो वैठक सम्पन्न भएको हो।
सो कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि नेकपा गण्डकि प्रदेश सदस्य प्रदिप खरेल, जिल्ला कमिटि सदस्य विना थापा, जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचन, लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो। सो भेला तथा वैठकले सचिवालय तथा कार्यालय समितिको गठन गरेको छ। नया वडा संयोजक खगिश्वर अर्यालको संयोजकत्वमा गठित समितिको सचिवमा फारम थापा, सदस्यमा श्रीया शर्मा, बाबुराम जिसि, मन वहादुर थापा, रुके पुरी, र लक्ष्मी बन रहनुभएको छ। कार्यक्रम निवर्तमान संयन्त्र सदस्य दिन वहादुर केसिको अध्यक्षता, ढालेन्द्र वनको स्वागत मन्तव्य तथा महलाल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
त्यस्तै बडिगाड गाउँपालिका वडा नं. १, तुन्डाडामा पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गण्डकि प्रदेश सदस्य प्रदिप खरेल, जिल्ला सदस्य विना थापा, ढालेन्द्र शेरचन, राजन पाइजा, नेपाल राष्ट्रिय शिक्षक संगठन वडिगाडका अध्यक्ष वेद प्रसाद पोखरेल, अनेरास्ववियू जिल्ला उपाध्यक्ष दिनेश थापा, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वैठकले रेम बहादुर भुजेलको संयोजकत्वमा सचिवालयको समेत गठन गरेको छ। कार्यक्रम रेम बहादुर भुजेलको अध्यक्षता, ढाल वहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend