साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १।
गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा साउनभर एक महिना सम्म लाग्ने मेला आज बाट सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि एक महिने मेला संञ्चालन भएको हो ।
धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा संञ्चालन गरेको रेसुङ्गा संरक्षण समितीका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिनुभयो । धार्मिक स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही कपिलवस्तु, लगायतका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा आउने गर्दछन् ।

धार्मिक स्थल रेसुङ्गामा रहेको भ्युटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीको सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपो भुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गा सबै महत्वले भरिपुर्ण भएपनी पोखरी सम्म पुग्ने बाटो पक्की भए अझ बढी पर्यटक आउने स्थानिय बताउँछन् । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend