logo
  • सोमबार, असोज १२ २०८३

बागलुङ बडिगाडका शिक्षकहरुको लागी आइ.सि.टि. तालिम सुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ जेठ १० ।
बागलुङको वडिगाड गाउँपालिका भित्रका आधारभुत तथा माध्यमिक तहका शिक्षकहरुको लागी ५ दिने सुचना सञ्चार, तथा प्रविधि सम्बन्धि आधारभूत तालिम खर्वाङमा सुरु भएको छ । बडिगाड गाउँपालिका शिक्षा शाखाको आयोजनामा सो तालिम सुरु भएको हो।

तालिमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले शिक्षक दौडिदा मात्रै विद्यार्थी हिँड्न सक्ने भएकोले समयनिष्ठ, कर्तव्य निष्ठ हुन र लगनशिल हुन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

सिप सिक्न चाहने र प्रविधि प्रयोग गर्न चाहने विद्यालय, शिक्षकहरुलाई गाउँपालिका सहयोग गर्न तयार रहेको भन्दै सिकेको सिपलाई कक्षाकोठामा लागूगर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा शिक्षा अधिकृत कृष्णराज रेग्मीले कक्षाकोठामा सिकाई प्रभावकारी गराउन आइसिटिको प्रयोग जरुरी रहेको बताउनुभएको थियो ।

उद्घाटन कार्यक्रम त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारीको अध्यक्षता तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा बडिगाड गाउँपालिका भित्रका २४ जना शिक्षकको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend