logo
  • सोमबार, असोज १२ २०८३

निर्माणमा गुणस्तरहीन बालुवा प्रयोग गरेको भन्दै बनेको संरचना भत्काइयो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पान्डे,गुल्मी जेठ ९ ।

सदरमुकाम तम्घासको जिल्ला प्रहरी कार्यलय जाने बाटो र गुल्मी अस्पताल जाने बाटो निर्माणको क्रममा गुणस्तरहीन बालुवा प्रयोग गरेको भन्दै बिहीबार बनेको संरचना भत्काइएको छ । चिदीचौरको गेटदेखी जिल्ला प्रहरी कार्यलय,गुल्मी अस्पताल जाने सडकको निर्माण कार्यमा गुणस्तरहीन बालुवा प्रयोग गरेको पाइएको हो । संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीबाट गत चैत ८ गते १ करोण १७ लाखमा असार मसान्त सम्म कार्य सम्पन्न गर्ने गरि सिद्धार्थ साइन जेभीले कार्य गर्ने जिम्मा पाएको योजनामा गुणस्तरहीन बालुवा प्रयोग भएको पाइएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिनुभयो ।
भुसालका अनुसार निर्माणमा लापरवाही गर्ने अधिकार कसैलाई नभएको भन्दै निर्माण ब्यबसायीले गुणस्तरहीन बालुवा प्रयोग गरेको पाइएकाले बनेको संरचना भत्काई गुणस्तरयुक्त कार्य गर्नका लागि निर्देशन दिएको बताउनु भयो ।
यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललको रोहबरमा संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेले संयुक्त रुपमा अनुगमन गर्दा गुणस्तरहीन बालुवा प्रयोग गरेको पाइएकाले बनेको संरचना भत्काई गुणस्तरयुक्त कार्य गर्न र रिडीको बालुवा प्रयोग गर्नका लागि निर्देशन दिएको जानकारी दिनुभयो । पौडेलका अनुसार पहिले संघिय योजनाहरुबाटै सुधार भएमा स्थानीय स्तरमा पनि गुणस्तर युक्त निर्माण कार्यहरु हुने भन्दै यसबाट आगामी दिनमा हुने अन्य निर्माणका कार्यहरुमा पनि गुणस्तरका कार्यहरु हुने दाबी गर्नुभयो ।
गुणस्तरहीन कार्य गर्ने कसैलाई छाडिदैन ः पाण्डे
यता संघिय आयोजना कार्यन्वयन इकार्य रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेले गुणस्तरहीन कार्य गर्ने जो कोहीलाई पनि नछाडिने दाबी गर्नुभयो । पाण्डेले काम गर्ने जिम्मा पाएका निर्माण ब्यबसायीहरुले गुणस्तरहीन कार्य गर्ने र तोकीएको मापदण्ड ,समयमै कार्य संपन्न नगर्ने निर्माण ब्यउबसायीहरुलाई कारवाही पनि गरेरै छाडने दाबी गर्नुभयो । निर्माण ब्यबसायीहरुले निर्माणका कार्यहरुमा ढिला सुस्त ी गर्ने ,तोकीएको मापदण्ढमा कार्य नगर्ने र राज्यलाई समेत नटेर्ने गरेको पाइएकाले उनीहरुसंग एक्सन पनि लिन सकिने बताउनुभयो । रेसुंगा नगरपालिकामा भएको निर्माण कार्यमा पनि गुणस्तरहीन बालुवा प्रयोग भएको पाइएकाले बनेको संरचना भत्काउन लगाइएको बताउनु भयो । गुल्मीमा कार्य गर्ने निर्माण ब्यबसायीहरुले छल्दीखोलाको बालुवा प्रयोग गर्ने पाइएको र सो वालुवा गुणस्तरहीन भएकाले रिडीको बालुवा प्रयोग गर्नका लागि निर्देशन समेत दिएको बताउनुभयो । हामीहरुकै इन्जिनियरहश्रलाई पनि निर्माण ब्यबसायीहरुले आखा छल्न सक्छन् यसमा पनि सरोकारवाला र स्थानीयहरुले निगरानी राख्न आग्रह गर्नुभयो ।

यता निर्माण ब्यबसायी चुरा खत्रीले सबै निर्माण ब्यबसायीहरुले छल्दीको बालुवा प्रयोग गरिरहेको समयमा आफूले पनि प्रयोग गरेको बताउनुभयो । निर्माणमा आफूले लापरबाही नगरेको भन्दै यसलाई सच्याउने बताउनुभयो । बनेको संरचना भत्काउदा आफूलाई घाटा लागेको भएता पनि गुणस्तरीय कार्य गर्नेमा आफू प्रतिबद्ध रहेको दाबी गर्नुभयो । खत्रीले तोकीएकै समयमा तोकीएकै गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्ने गरी आफू लागेको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend