logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा करेन्ट लागेर एक जना युवतीको मृत्यु एक जना घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी जेठ ९ ।

गुल्मीमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर सोहि गाउँपालिका वडा नम्बर १ नेटा घर भएकी अन्दाजी १९ बर्षिय बिनिता रसाइलीको मृत्यु भएको मालिका गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शोभाखर गिरीले बताए ।

करेन्ट लागेर मालिका गाउँपालिका वडा नम्बर ६ अर्जे निवासी १८ वर्षिय जुना बिश्वकर्मा घाइते भएको वडाअध्यक्ष गिरीले बताए । रसाइली र बिश्वकर्मा अर्जेमा चलेको कक्षा ११ को परिक्षा दिएर बिहिवार साँझ नेटा घर तर्फ जाँदै गरेका थिए । घरमा जाँदै गरेका २ जना युवती छापहिलेमा बाटोमा बिजुलीको पोलमा बाटो भन्दा २ मिटर परबाट तानेर पोलमा टास्सीएको अबस्थामा फेला परेको गिरीले बताए । घाइते बिश्वकर्मालाई थप उपचारको लागि गुल्मी अस्पताल ल्याइदै रहेको वडाअध्यक्ष गिरीले बताए ।

घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend