साझा नेटवर्क
गणेश थापा , बागलुङ जेठ ६।
डिभिजन सहकारी कार्यलय बागलुङको आयोजना तथा स्थानिय सहकारीहरुको ब्यवस्थापनमा सँचालित ६ दिने सहकारी लेखा ब्यवस्थापन तालिम आ सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै प्रशिक्षक सहकारी निरिक्षक श्रीराम पौडेलले तालिमबाट सिकेको सीपलाई सहकारी सँस्थामा प्रयोग गर्न सहज हुने बताउनु भयो । सहकारीमा लेखा प्रणालीमा कमी कमजोरी भए सहकारी अगाडी बढ्न नसक्ने बताउदै लेखा प्रणाली सहकारीको मुटु भएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक डोलराज शर्मा, दिदी बहिनी सहकारीका अध्यक्ष शान्ति अधिकारी, नव प्रतिभा सहकारीका प्रबन्धक दुर्गा अर्याल, लेकबेसी कृर्षि सहकारीका होसियारसिँह थापा, अभियान कृर्षि सहकारी सँस्था रिघाका अध्यक्ष देव बिश्वकर्मा लगायतले तालिममा सिकेका सीपलाई ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । डिभिजन सहकारी कार्यलय बागलुङको तर्फबाट तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको कार्यक्रममा सहभागीहरुले प्रशिक्षक द्धयलाई मायाको चिनो प्रदान गरेका थिए ।
६ दिने तालिममा दगातुम्डाँडा, रिघा र जलजलाका गरी १० वटा सहकारी सँस्थाबाट २५ जनाको उपस्थिती रहेको थियो । समापन कार्यक्रम नव प्रतिभा बचत तथा क्रृण सहकारी सँस्थाका अध्यक्ष बिष्णु प्रसाद खरेलको अध्यक्षता तथा सँचालक सदस्य बिष्णु भुषालको सँचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend