logo
  • सोमबार, असोज १२ २०८३

नेकपाको सपथ ग्रहण चल्दै, एक वर्ष सुसुप्त रहेको पार्टी परिचालन सुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ जेठ ९।
नेपाल कम्यूनिष्ट पार्टी नेकपाको वडा तहको सपथ कार्यक्रम चलीरहेको छ। यसै विच बडिगाड गाउँपालिका वडा नं. ६ खालमा वडा संगठन कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ।
तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी मिलेपछि पहिलो पटक सो वैठक सम्पन्न भएको हो। सो कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि बडिगाडका संयोजक गुणानिधि घिमिरे, जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचन, राजन पाइजा, गाउँकमिटि सदस्य फौज वहादुर केसि, ऋषिराम फुल्लेल लगाएतले वोल्नुभएको थियो। कार्यक्रम प्रेम बहादुर खत्रिको अध्यक्षतामा, वसन्ता सिंहको स्वागत मन्तव्य तथा महेन्द्र केसिको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै बडिगाड गाउँपालिका वडा नं. ८, रणसिंहकिटेनीमा पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा जिल्ला कमिटि सदस्य विना थापाले सपथ गराउनुभएको थियो। त्यस्तै गल्कोट नगरपालिका वडा नं. ८ काँडेवासमा पनि प्रथम वडा कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा गल्कोट नगर सचिव डम्बर श्रीस, जिल्ला सदस्य पदम सलामी, नगर सदस्य भिम शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम वडा संगठन कमिटिका आत्मराम शर्माको अध्यक्षता, तुलनाथ कँडेलको स्वागत मन्तव्य तथा नगिश्वर घिमिरेको स्वागत मन्तव्य मा सम्पन्न भएको थियो । एक वर्ष सम्म सुसुप्त जस्तै रहेको पार्टि हाल चलायमान हुन लागेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend