बिमल प्रसाद पोख्रेल,प्यूठान जेठ ८ ।
दुई महिना भयो पानी परेको छैन । गाउँ घर तिर किसानले चैतमा छर्ने मकै अझै छरेका छैनन,जेठमा रोपिने धानको बीउ राखिएको छैन । चैत महिनामा केहि चिस्यान भएको ठाउँका बारीमा मकै छरेकाहरु मकै नउम्रेपछि चिन्तित छन । छरेर उम्रेका र दोहोराएर खन्ने भएका मकै पानी नपर्दा बोटमै सुक्न थालेका छन् । ग्रामिण भेग तीर अन्नवाली उत्पादन हुने ठाउँमा पानी नपरेपछि कृषकहरुलाई बाली लगाउन र जोगाउन समस्या भएको छ । खडेरीले पानी नपरेपछि प्युठानका स्थानियले पुजापाठ र भजनकिर्तन गरेका छन् ।
मंगलबार झिमरुक १ को गर्दङखोलाका किसानहरुले गौमुखि गुफामा बिहेको लगन जस्तै बाजागाँजासहित शंखघण्ट बजाएर पानी पारिदिन प्रार्थना गरेका थिए । पानी नपरे देउताकोमा गएर पूजा पाठ गर्ने,बाजा बजाउने यहाँको पूरानै संस्कार हो । पूजापाठ गरे र बाजा बजाएर पानी मागे ईन्द्रले पानी पारिदिने धार्मिक विश्वास रहेको स्थानिय झबिन्द्र ज्ञवालीले बताउनुभयो । पुजापाठ गरे पानी पर्छ नपरेनि ईन्द्रले बर्साउछन भन्ने बिश्वास छ । उहाले भन्नुभयो यहि परम्परालाई निरन्तरता दिदै किसानहरु भोको पेट र नाङ्गा खुट्टै चार किलोमिटर ओरालो झरेर पानी माग्दै पुजा गरेका हुन । बिहान सात बजे देखि तीन बजेसम्म पुजाआजा भजनकृतन गरे पश्चात् अपरान्ह चार बजेर तीस मिनेटमा बलेनी खस्ने गरि पानी परेको वडा अध्यक्ष धुर्व खनालले बताउनुभयो । पुजापाठ गरेपछि पानी आकाशबाट पानी बर्षियो,हामी पनि अचम्म नै परियो । उहाले भन्नुभयो :”गाउँमा पानी पिउन पनि गार्हो छ तर यहाँ पुजा गरे पानी पर्छ पहिला पनि पथ्र्यो । उहाले भन्नुभयो । लामो समय पानी नपरेपछी किसानका खेतबारि बाझो रहने अबस्था आउन थालेपछि यसरी भजनकिर्तन र पुजापाठ गरिएको स्थानिय पदम प्रसाद खनालले बताउनुभयो ।
चैत्र देखि यता थोपो पानी परेको छैन, चैतमा छर्ने मकै अझै छरेका छैनौ,जेठमा रोपिने धानको बीउ राखेका छैनौ खनालले भन्नुभयो “पुजा गरे पानी पर्दछ र मकै छर्छौ लगातार लामो समयसम्म पानी नपरे यहाँका स्थानीयले वर्षेनी पूजा पाठ गर्ने गर्दछन् । इन्द्रलोकमा भगवान इन्द्रले सुन्ने गरी बाजा बजाए पानी पर्ने पुरानो मान्यता रही आएकोले त्यसै अनुरुप बाजा बजाउने र पूजा पाठ गर्ने गरिएको उहाको भनाई छ । सबैको अनुरोधले भगवानलाई खुसी पार्नु पर्ने र इन्द्र भगवानले माथिबाट कल्याण गर्ने गरी पानी पारिदिने गरेकोले यो वर्षपनि पूजापाठ गरिएको उहाले सुनाउनुभयो । पानी नपर्दा जिल्लाको जमिनकै सुख्खा भइसकेकोले पूजापाठपछि पानी पर्ने स्थानीयहरुको जनविश्वास रहिआएको छ ।