logo
  • सोमबार, असोज १२ २०८३

६ दिनदेखि बन्द मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी सडक सुचारु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी जेठ ८ ।
गत शुक्रवारबाट बन्द भएको मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड सुचारु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे गर्न भन्दै जेठ ३ गतेबाट ६ दिनको लागि बन्द गरिएको सडक बुधवार साझबाट सुचारु गरिएको मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ ।
राजमार्गको तम्घास सिमलटारी प्यूठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गते सम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारी साधानलाई पूर्ण रुपमा बन्द गरिएको थियो । सडक बन्द भएपछि बैकल्पीक मार्गको रुपमा तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सिमाघाट वस्तु हुलाके सडक प्रयोग गरेका थिए ।
राजमार्गको छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको थियो । तम्घास सिमलटारी प्यूठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ। सडक  अन्तर्गत अघिल्लो आर्थिक वर्षमा ७ किलोमिटर कालोपत्रे भएको थियो ।

यस वर्ष बैशाख सामान्तसम्म झण्डै ९ किलो मिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गर्ने काम गरिएको छ। राजमार्गको बिभिन्न चरणमा भएको ठेक्का सम्झौता अनुसार कुल ४६ करोड बढि लागतमा कालोपत्रे गर्ने काम भइरहेको हो ।

निर्माण कम्पनीले राजमार्गको तम्घास देखि सिमलटारी सम्मको सडक कालोपत्रे गर्न तिब्र गतिमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend