logo
  • सोमबार, असोज १२ २०८३

रेसुङ्गा नगरपालिकाका मेयरको बर्थ डे कारागारमा बालिकालाई पोशाक र नगद प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल,गुल्मी जेठ ७ ।
थुप्रैका जन्मदिन मनाउने आफ्नै तरिका छन् । धेरैले व्यतिगत रुपमै केक काट्ने र खानपानमै कैयौं खर्च गर्छन् । पछिल्लो समय कसैले जन्म महोत्सव सामाजिक काम समेत गरेका छन् । त्यस्तै रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पनि आफ्नो जन्म दिन कारागारमा मनाएका छन् । उनले ६७ औ जन्म महोत्सवको अवसरमा जिल्ला कारागार गुल्मी पुगेर आश्रित बालिका बिपिका पुनलाई पोशाक र नगद हस्तान्तरण गरेको स्वकिय सचिव रमेश भण्डारीले बताए । गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेकी बालिका पुन ०७२ साल पुसमा जिल्ला कारागार आएकी थिइन् ।

बिपिका अहिले चार बर्षको पुगिन् । कर्तव्य ज्यान मद्धामा आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले ०७२ पुस ५ गते सर्वश्वसहित जन्मकैदको फैसला गरेपछि बालिका पनि कारागार आएकी थिइन् । उनलाई मेयर भुसालले गत बर्ष महेन्द्र माविमा भर्ना गरेर अभिभावकत्व लिएका थिए । सदरमुकामको महेन्द्र नमुना माविको प्ले ग्रुपमा भर्ना भएकी बिपिकाले अहिले बार्षिक परिक्षामा ९६ प्रतिशत अंक ल्याएर कक्षामै तृतिय स्थान प्राप्त गरेकी छन् ।

बालिकाको अभिभावकत्व लिएका रेसुङ्गा नगरपालिकाका मेयर भुसालले बालिकाको प्रगती देखेर आफुलाई साह्रै खुसी लागेको बताए । आफ्नो जन्म महोत्सव समेत बालिकालाई सम्मान गरेर मनाएका उनले बालिकाको शैक्षिक भविष्य राम्रो भएकाले सुख दुखमा आफुले निरन्तर साथ दिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend