logo
  • सोमबार, असोज १२ २०८३

सुशासन अभियान गुल्मीद्वारा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अञ्जना अधिकारी, गुल्मी जेठ ७।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत हिजो २०७६ जेठ ६ गतेको दिन रेसुङ्गा न.पा ४ मा रहेको सेउघा आधारभुत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीलाल पन्थीको अध्यक्षतामा सम्पन्न भएको छ ।

सुशासन अभियान गुल्मीका सचिव विनोद पाण्डेयले एलाक आउटरिच कार्यक्रम बारे जानकारी दिनु भएको उक्त कार्यक्रममा शिक्षक अभिभावाक संघका अध्यक्ष दिपेन्द्र थापा मगरले विद्यालयको अवस्था बारेमा प्रकाश पार्नु भएको थियो। त्यसैगरी प्र.अ कमला गौतमले हाल सम्मको आय–व्यय विवरणका साथै विद्यालयको गतिविधि प्रस्तुत गर्नु भएको थियो ।

सुशासन अभियान गुल्मीको तर्फबाट लेखापरीक्षक परशुराम पन्थीले आर्थिक कारोबारहरुको अध्ययन गरि विद्यालयको लेखा पारदर्शी भएको बताउदै शिक्षक दरबन्दी कम भएको,आधुनिक भौतिक पूर्वाधारहरुको कमी रहेको र विषयगत स्थायी शिक्षकको सम्बन्धीत निकायमा माग राख्नुपर्ने सुझाव समेत दिनुभएको थियो भने सुशासन अभियान गुल्मीका उपाध्यक्ष ढुण्डीराज पोख्रेलले शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक परामर्श सहित मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका भौतिक अवस्था, विद्यार्थीहरुको भर्ना, विद्यालयमा रहेका समस्या तथा सामाधानका उपाएहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पद्याधिकारी, अभिभावक संघका सदस्यहरु, शिक्षक शिक्षिका, सरोकारवाल व्यत्तिहरु तथा एलाक आउटरिच कार्यक्रम अधिकृत अञ्जना अधिकारी लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend