साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं जेष्ठ ६ । नेपाली लोक सांगितिक क्षेत्रमा आफ्नो जादुमय स्वर अनि मन छुने सब्द सृजना मार्फत सबैका प्रिय बन्न सफल बहुप्रतिभाशाली कलाकार हुन “राम चन्द्र चन्द” । गुल्मी जिल्लामा जन्मिएर हाल काठमाडौं लाई आफ्नो कर्म थलो बनाउदै आएका चन्द विगत एक दशक यता निरन्तर नेपाली लोक गित संगीतमा सकृय रहदै आएका छन् । आफ्नो सुरिलो आवाजलाई गीतको शब्द शब्दमा उनेर दर्शक स्रोतालाई नचाउन र हँसाउन अनि गीत संगीत बाटै दर्शक स्रोतालाई रुवाउन सक्ने चन्द यतिबेला सम्मानित भएका छन् ।

गीत संगीतमा पुर्याएको उच्च योगदानको मूल्यांकन गर्दै बुद्धजयन्तीको अबसरमा “पानको पात दोहोरी साँझ”बाट उनलाई सम्मानित गरिएको छ । पछिल्लो समय देश तथा विदेशका कार्यक्रमहरुमा व्यस्त रहदै आएका चन्द का “माया सारै छ,लुकीलुकी माया लाएको,हाम्रो माया कोमलको फुल बनोस्,गुल्मी हो सान,फुल फुल्यो केसरी,उज्यालोले धोका दिएर लगाएत दर्जनौं गितहरु सबैका मनमुटुमा बस्न सफल रहेकाछन् । कुशल एरेन्जरको रुपमा समेत परिचित चन्द सैली क्रियसन प्रालिका प्रबन्धक समेत हुन् ।
कार्यक्रममा वरिष्ठ गायक बम बहादुर कार्किको हात बाट चन्द लाई कदर प्रत्र सहित सम्मान गरिएको थियो । आगामी दिनमा उनको सांगीतिक यात्रा अझै सफलातामय बनोस् हाम्रो शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend