साझा नेटवर्क
चोम बिष्ट, रोल्पा जेठ ६ ।
रोल्पा को लुङग्री गाउँपालिकामा हिजो २०७६ साल जेठ ५ गते दोस्रो लुङग्री गाउँपालिका कपको उद्घाटन भैइ खेलकुद संचालन भैइरहेको छ । लुङग्री गाउँपालिका खेलकुद संयोजक भिमकला बुढाथोकीको संयोजकत्वमा रहेको कार्यक्रमको प्रमुख अथिती गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का रहनु भएको थियो।

उक्त कार्यक्रममा सबै वडाबाट जनप्रतिनिधिहरुको उपस्थिती खेलाडी खेलप्रेमी स्थानीय लगाएतको बाक्लो उपस्थिती रहेको उक्त कपको लागि गाउँपालिका भित्र रहेका ७ वटा वडाको प्रतिनिधित्व गर्दै ७ टिम पुरुष भलिबल र ६ टिम महिला भलिबल र फुटबलमा ३ टिम रहेको छ खेल भने जारी रहेको छ ।

कार्यक्रम संचालन ४ नम्बर वडा सचीव भुपेन्द्र गिरिले गर्नु भएको थियो। यसपटकको लुङग्री कप कुन वडाको साथमा पर्ने हो त्यो सबै वडाको लागि चासोको बिषय बनेकोछ साथै यसै खेलखुद बाट मेयर कपको लागि खेलाडी छनोट हुने समेत आयोजकले बताएको छ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend