साझा नेटवर्क
दामोदर दाहाल,काभ्रे जेष्ठ ६।
टुकुचा युवा क्लबले बनेपा नगरपालिका १ र २ मा माद्यामिक विद्यालय स्तरीय “पब्लिक स्पिकिङ” कार्यक्रम बनेपा नगर उप(प्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यमा सम्प्पन गरेको छ।
बनेपा नगरपालिकाको वार्ड १ र २ तथा साविकको टुकुचा गाविसमा जन्मेर देश तथा बिदेशको बिभिन्न स्थानमा रही कर्म गरिरहेका युवाहरुले “आफ्नो जन्मभूमिमा केहि योगदान गर्ने” समाजसेवी भावनाका साथ स्थापित गरेको “टुकुचा युवा क्लव” को पहलमा आयोजना गरिएको उक्त कार्यक्रम सस्था बिधिबत रुपमा दर्ता भएको ३ महिना अबधिमा गरिएको पहिलो कार्यक्रम रहेको छ । उक्त कार्यक्रम अन्तर्गत बनेपा १ र २ भित्र रहेका सामुदायिक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने, अतिरिक्त कृयाकलापमा समाबेश गराउने तथा विद्यार्थी भाइबहिनिहरुको मनोबल बृद्दी गर्ने आभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष कमल प्रसाद घिमिरेले जानकारी दिए ।
“प्रतिभाको खोज” कार्यक्रममा तीन वटा स्कुल,श्री सपनेश्वर माध्यामिक बिद्यालय,श्री स्वेतबारा माध्यामिक बिद्यालय र श्री रत्न चुडेस्वर माध्यामिक बिद्यालय बाट १०/१० जना विद्यार्थीहरु बक्तित्वकलामा भाग लिएका थिए । जस अन्तर्गत पहिलो राउन्डमा ३० जना सहभागी विद्यार्थीहरु मध्य १२ जना फाइनल राउन्डमा प्रबेश गर्न सफल भएका थिए । प्रतिभाको खोज कार्यक्रमको अन्तिम चराणमा भएको बक्तित्वकलामा १२ प्रतिस्पर्धी मध्य ३ जना उत्कृस्ट,फस्ट रनर अप र सेकेन्ड रनर अप घोषणा भएका थिए भने बांकीलाई उत्कृस्ट १२ घोषणा गरिएको थियो ।
उत्कृष्ट फष्ट रनर अप र सेकेन्ड रनर अपमा श्री रत्नचुण्डेस्वर मा बि का भाइ आयुष घिमिरेले प्रथम स्थान हासिल गरेका थिए भने, श्री सपनेश्वर माध्यामिक बिद्यालयकी बहिनी मनिशा फुयालले दोस्रो स्थान हासिल गरेकी थिइन त्यसैगरी श्री स्वेतबारा माध्यामिक बिद्यालयकी बहिनी सजना घिमिरेले तेस्रो स्थान हासिल गरेकी थिइन । उत्कृस्ट तीन लाई क्रमस ५०००,३०००,२००० नगद, ट्रफि, प्रमाणपत्र, र मेडल प्रदान गरिएको थियो भने उत्कृष्ट ९ जनालाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतिभाको खोज कार्यक्रमको प्रायोजकमा मुख्य प्रायोजक श्री रत्न चुडेश्वर डेरी प्रा लि, गौरिघाट रहेको थियो भने प्रायोजकमा युथ भिजन ग्रुप सिनामंगल, एडभान्स कम्पुटर बनेपा, सिद्धार्थ इन्सुरेन्स बनेपा, रिलाईन्स इन्सुरेन्स बनेपा, मिस्टर सितोस्न रेस्टुरेन्ट बनेपा, जे पि इन्डस्ट्री जोरपाटी, कोलोम्बिया एकेडेमी नयाँ बानेश्वर्, पुन्यमती नारी चेतना सहकारी नाला, बुडोल सामुदायिक सहकारी बनेपाको प्रायोजन रहेको थियो ।
कार्यक्रमको औपचारिक उदघाटन पानसमा बत्ती बालेर तथा रास्टृय गानबाट सुरु गरिएको थियो, क्लबको औचित्य तथा आगामी कार्यक्रमको बारेमा सस्थाका उपाध्यक्ष राधाकृष्ण श्रेष्ठले प्रस्ट पार्दै स्वागत मन्तब्य राखेका थिए। सस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सस्थाका सदस्य प्रदिप लामिछानेले गरेका थिए भने कार्यक्रमको सयोजन उपाध्यक्ष राधाकृष्ण श्रेष्ठको रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend