logo
  • सोमबार, असोज १२ २०८३

समाज सेवा अभियानले ५ न. प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, जेठ ५ ।
समाज सेवा अभियान रुपन्देही कतारले ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेललाई ज्ञापन-पत्र बुझाएको छ । समाज सेवा अभियान रुपन्देही कतारले प्रदेशको नामकरण तथा स्थायी राजधानी तोक्न ढिलाइ भएको र प्रदेशको नाम लुम्बिनी र राजधानी बुटवलमा नै हुनुपर्ने माग सहित गत सोमबार मुख्य मन्त्रिलाई ज्ञापन पत्र बुझाएको हो ।

“सामाजिक तथा आर्थिक बिकास अभियानमा सहकार्य आत्मनिर्भर र समृद्धि जीवन सबैको लागि अपरिहार्य ” भन्ने मुल नाराका साथ स्थापित सस्था प्रवासमा रहेर पनि आफ्नो देश र प्रदेशको चिन्ता गर्ने सस्था हो ।

प्रदेशको पहिचान भनेको प्रदेशको नामपनी मुख्य रहेकोको हुनाले एउटा प्रदेशको मात्र नभइ सिङ्गो राष्ट्रकै गौरव विश्व सामु परिचित भगवान गौतम बुद्द जन्मस्थल लुम्बिनि भएकोले यसको पहिचान दिन प्रदेशको नामकरण लुम्बिनी नै राखियोस । साथै पर्याप्त भौतिक संरचनाका पुर्वाधारहरुले सम्पन्न रहेको रुपन्देही जिल्ला नै प्रदेशको राजधानी घोषणा गरियोस भन्ने जोडदार माग गरिएको छ ।

ज्ञपन पत्रमा वैदेशिक रोजगारमा रहेका युवाहरुलाई आफ्नो सीप र श्रमको आधारमा स्वदेशमा नै रोजगारको व्यवस्थापन सदुपयोग गर्न ठोस योजना तथा कार्यक्रम अगाडि ल्याउन सुझाब समेत राखिएको छ ।

समाजका अध्यक्ष डिल्लीराम भट्टराई र कार्यबाहक सचिव युवराज अर्यालद्वारा हस्ताक्षरित उक्त पत्र संस्थाका अध्यक्ष स्वयंम उपस्थित भइ प्रदेश प्रमुख माननीय मुख्य मन्त्री शंकर पोख्रेललाई उहाकै कार्यलय बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend