साझा नेटवर्क
सजिना मोक्तान,टोकियो जेठ ५ ।
विश्व शान्तिका अग्रदूत गौतम वुद्धको २५६३ औँ वुद्ध जयन्ति समारोह जापानवासी नेपालीहरुले भव्यताका साथ मनाएका छन ।
टोकियोको इचिगया स्थित एक गुम्वामा भव्य समारोहका विच नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजना र महासंघ संग सम्वद्ध ११ वटा जातीय संघ संस्थाहरुको सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम समारोह वुद्धको मोलम पाठवाट शुरु गरिएको थियो । जसमा नेपाली आनी अन्जुले वुद्धको श्रवण वाचन र जापानिज एक हजुरआमाले ढ्याङ्ग्रो वजाएर मोलम सम्पन्न गरेका थिए । मोलम पाठ संगै शाक्यमुनि गौतम वुद्धद्वारा फैलिएको वौद्ध धर्मवारेको श्रवण वाचन आनी अन्जुले दिएका थिए ।
लगतै शुरु भएको औपचारिक कार्यक्रम भने आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवं एनआरएनए आईसीसी सदस्य ओम गुरुङको प्रमुख आतिथ्य, एनआरएनएका वरिष्ठ उपाअध्यक्ष देवी लाल भण्डारी,थाकाली समाजका अध्यक्ष विजय थकाली,पत्रकार महासंघका अध्यक्ष मोहन घले, गुम्वाका आनी अन्जु ,आदिवासी जनजाति महासंघका सल्लाहकार हवल चन्द्र लामाको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रमका अन्य अतिथीहरुमा थकाली सेवा समितिका अध्यक्ष वृद्धि गौचन,तमुधिं जापानका अध्यक्ष अनिता गुरुङ, नेपाल तामाङ समाजका अध्यक्ष कुमार मोक्तान,नेपाल मगर संघका अध्यक्ष नवीन रानामगर,एनआरएन महिला सदस्य कालिका थापा,किराँत चुम्लुङ याकथुङका अध्यक्ष चन्द्र कुमार लिम्वु,शेर्पा संघ जापानका उपाअध्यक्ष छम्व शेर्पा,थारु समाज,थकाली सेवा समिति , नेवा जागरण मन्च,थामी समाजका प्रतिनिधि, नेवा इन्टरनेशनल फोरमका ज्ञानु मानान्धर, पूर्व राष्ट्रीय खेलाडी श्री गुरुङ,नेपाल मगर संघ कान्तोका अध्यक्ष रीत राना, महिला फोरमका सुस्मा ओमाता,कास्की समाजका संरक्षक शिव प्रसाद पौड्याल,टोकियो युनिभर्सिटीका सल्लाहकार तथा एनआरएन आइसीसी सदस्य दिनेश गुरुङ लगायतका थिए ।
कार्यक्रममा अनिता गुरुङ, वुम्पोतो मन्दिरका हिरादे चिखाइ सेन्सेइ, शिव प्रसाद पौड्यल,अन्जु आनी, मोहन घले, ओम गुरुङ र देवीलाल भण्डारीले वुद्र जयन्तीको शुभकामना मन्तव्य दिएका थिए । सोममाया गुरुङ र दावा शेर्पा द्वारा अतिथीहरुलाई खादा ओढाएर स्वागत गरिएका कार्यक्रममा महासंघका महासचिव शान्त पहरीको संचालन, कार्यक्रम संयोजक संस्था नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तानको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेफिनका अध्यक्ष सुमन लिम्वुको सभापतित्वमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend