साझा नेटवर्क
अनिल खत्री, गुल्मी आषाढ ३१ ।
गुल्मीको बाझकटेरी गएराति एक जनाको हत्या भएको छ । बाझकटेरी १ छहराका ५५ वर्षीय छत्रबहादुर सेन वलीको अज्ञात समूहले हत्या गरेकोे जिल्ला प्रहरी गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकरी दिनुभयो ।
राति १ बजेतिर २ जनाको समूहमा आएका व्यक्तिले आफूलाई समस्या परेको बताउदै ढोका खोल्न लगाइ पैसा मागेको पैसा छैन भनेपछि एक्कासी धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरी नायव उपरिक्षक नेपालले बताउनु भयो ।
छोरी र श्रीमतीसागै रहेका सेन वलीको हत्या पछि २ थान मोवाईल र कानमा लगाएका सुनका गहना समेत लुटेर लगेको बताइएको छ । हत्या गर्ने अज्ञात समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend