logo
  • सोमबार, असोज १२ २०८३

प्यूठानमा पहिलो पटक भगवान गौतम बुद्धको पुजा आराधना


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बिमल प्रसाद पाेख्रेल,प्युठान बैशाख ४ ।
गाैतम बुद्धको २५६३ औँ जयन्तिका अबसरमा प्युठान नगरपालिका चार गाजुरी सहिद पार्क नजिकै राखिएकाे बुद्धको मुर्तिमा पुजा आराधना गरि बुद्ध जयन्ति मनाईएकाे छ।
२०६८ सालमा गाैमुखि गाउपालिका ३ रजबाराका मनिराम पुनले अाफ्ना स्वर्गीय पिता धाेज बहादुर पुनकाे सम्झनामा उक्त मुर्ति प्युठान ल्याएकाे बताउनु भयाे । अाङडाबा लामाकाे विशेष सहयाेगमा भित्राईएकाे मुर्तिकाे उद्घाटन स्वयम् लामाले नै गर्नुभएकाे थियाे।
भगबान गाैतमबुद्व भारतमा जन्मिएकाे भन्दै गलत प्रचार प्रसार गर्नेहरुलाई नेपालमै जन्मिएकाे बिस्वास पुष्टि गर्न प्युठान ल्याएकाे मनिराजले बताउनु भयाे।बाैद्व धर्म अनुसार पुजा अारधाना गर्न सुरुमा चित्त सुद्व गर्नकाेलागि पञ्चाशिल गरि नेपाल बूद्व मगर संघका केन्द्रीय उपाध्यक्ष बलपल्लिमगर र धर्मअाचर्य भिक्षु अानन्दले पुजाकाे सुरुवात गर्नु भएकाे थियाे।

बुद्वकाे जन्म जयन्ति मनाउनकाे लागि नेपाल मगरसंघ प्युठानले अायाेजना गरेकाे अध्यक्ष चित्रकाेलि बुढामगरले बताउनु भयाे ।प्युठान न पा वडा अाठका वडा अध्यक्ष लिलाप सिंह के शि,वडा चारका कावाअध्यक्ष भेसमान राना,समाजसेबि बालाजु श्रेष्ठ,पुर्ब मगर संघका जिल्ला अध्यक्ष नरेन्द्र पुनमगर, दरुणदल प्युठानका अध्यक्ष सनत श्रेष्ठ लगाएतकाले पुजाअारधाना गरि बुद्व जयन्ति प्युठानमा पहिलाे पटक मनाएका हुन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend