logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा आमाद्धारा दुई महिनाकी छोरीको हत्या


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ ३ ।
जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् । आरोपित विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए ।

स्थानीयका अनुसार विकले पटक–पटक छोरीको हत्या गर्ने प्रयास गरेपनि स्थानीयले जोजाउँदै आएको पल्लीले बताए । आरोपितले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी थिइन् । जमुना खुम बहादुर विकको श्रीमति हुन् । विकलाई गिरफ्तार गरि हिरासतमा राखिएको प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए । बालिकाको शव पोेष्टमार्टमको लागि अहिले गुल्मी अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend