साझा नेटवर्क
तिलाचन पाण्डे, गुल्मी जेठ २ ।
पछिल्लो अबस्थामा लागु औषध सेवनबाट युवाहरु बिग्रदै गएको भन्दै यसलाई नियन्त्रण गर्न र जनचेतना फैलाउन भन्दै जिल्लामा लागु औषध नियन्त्रण समिति गठन भएको छ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर आलेको संयोजकत्वमा सदस्यहरु सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण भण्डारी, रेसुंगा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायण बराल , जिल्ला स्वास्थ्य कार्यलयका मधुकर शर्मा, पत्रकार महासंघ गुल्मीका प्रतिनिधी तिलाचन पाण्डे , जिल्ला शिक्षा कार्यलय गुल्मीका प्रतिनिधि , जनज्योती आमा समुहका प्रतिनिधी र जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र बहादुर खडका सदस्य सचिब रहने गरि समिति गठन गरिएको हो ।
समितिले बिधालय समुदाय तथा अन्य सरोकारवाला संग अन्तरक्रिया तथा जनचेतना मुलक कार्यक्रम गर्ने , औषधी बिक्री बितरण गर्ने पसलहरुमा निरन्तर निगरानी राख्ने र अबैध घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा संयोजक मिन बहादुर आलेले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend