साझा नेटवर्क
तिलाचन पाण्डे,गुल्मी जेठ २ ।
जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका बिभिन्न दुर्गम ठाउँहरुमा पुगि घुम्ती सेवा मार्फत नागरिकता वितरण गरेको छ ।
प्रशासनले जिल्लाको कालिगण्डकी, चन्द्रकोट मदाने र मालिका गाउँपालिकामा घुम्ती शिविर मार्फत एक हजार ७७९ नागरिकता बितरण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार कालिगण्डकी गाउँपालिकामा गत फागुन महिनाको २२ र २३ गते गरि ५३५ , चन्द्रकोट गाउँपालिकामा चैत ७ र ८ गते तीन सय ३३ र मदाने गाउँपालिकामा बैशाख १२ र १३ गरि पाँच सय १०, मालिका गाउँपालिकमा बैशाख २४, २५ र २६ गते ४०१ नागरिकताहरु घुम्ति शिविरबाट बितरण गरिएको हो ।
बिशेष गरि गाँउमा सिमान्कृत र दलित ब्याक्तिहरु नागरिकता लिनबाट बञ्चित भएकाले उनीहरुलाई ठुलो राहत भएको पाण्डेले दाबी गरे । गाउँबाट जिल्ला सदरमुकाम आँउदा नागरिकहरुलाई धेरै समस्या हुने र आउन जानमै धेरै रकम खर्च हुने लगायतका समस्याहरु हुने भएकाले स्थानीय स्तरमा नै गएर नागरिकता बितरण गरिएको प्रशासन कार्यलयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिए ।
न्यौपानेले यसरी गाउँमै गएर सेवा दिँदा स्थानीय नागरिकहरुको समय , पैसा र झन्झट कम भएको दाबी गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend