logo
  • सोमबार, असोज १२ २०८३

९ महिनापछि रोबर्टको सहायतामा बेपत्ता बालकको शव निकालियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रकाश बराइली, सोलुखुम्बु ।
सोलुखुम्बुको गोक्यो तालमा डुवेर ९ महिना अगाडि बेपत्ता भएका बालक शुनिल बराइलीको शव रोबर्टको सहायताबाट निकाल्न सफल भएको गोत्ताखोरहरुले बताएका छन ।

चिसो र हावाको स्याँठको कुनै पर्वाह नगरी निरन्तर खोजी रहे खोजकर्ताहरुले आज उनको शव फेला पारेका हुन  । अमेरिकादेखि ल्याएको प्रविधि जडान गरेर उद्धारकर्ताहरु निरन्तर रुपमा खटिएका थिए ।
करिब ३५ फिट गहिराईमा पुगेर रोबर्टले शब पहिचान  खोज्दा पनी फेला पर्न कठीन शव  निरन्तरको प्रयास पछि शब निकाल्न सफल भयो । लाखौं रुपैयाँ खर्च गरेर शब खोजीकै लागि आएको टोलीले एक जनाको शब भेटेपछि आफूहरुको मिसनमा सफल भएको प्रतिक्रिया दिए ।अद्यपि अर्को एक जना विध्यार्थीकोको पनि शब भेट्न बाँकी छ ।  गोक्यो हिमतालमा बेपत्ता बालकको पुनः खोजी गर्न लागेको बिषयमा इलाका प्रहरी कार्यालय नाम्चे र प्रहरी चौकी खुम्जुङलाई पहिले नै जानकारी गराएपनि अहिले घटनास्थलमा प्रहरी नआएका कारण शवलाई लग्नको लागी कठिन भएको पारिवारिक श्रोतले बताएको छ ।

यसरी भएको थियो दुर्घटना हेर्नुहोस भिडियोमा  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend