logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी जेठ २।
नेपाल सरकार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजना र गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको सहआयाोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बिश्व ब्यापार संगठनको स्थानीयकरण एबम स्थानीय उत्पादनमा संभाबना भएका बस्तु तथा सेवाको पहिचान संबन्धी अन्तरक्रिया कार्यक्रम उद्योग बाणिज्य संघ गुल्मीको सभाहलमा संपन्न भएको हो ।
गुल्मी उद्योग बाण्ज्यि संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत नबराज आर्चायले कार्यक्रमको उधेश्य बारे प्रस्ट पारेका थिए भने नेपालमा सन् संभावना र चुनौतकिा बारेमा स्पस्ट पार्नुभएको हो यस्तै गुल्मी जिल्लाको संभावना र गुल्मी उद्योग बाणिज्य संघ गुल्मी र किसानका लागि उन्नत जात बिँउ बिजन कार्यक्रमले गरेका कार्यहरु संगै अवसर र चुनौतीका बारेमा दामोदर पोखरेलले जानकारी गराउनु भएको थियो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यतामा उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष राम प्रसाद पन्थकिो स्वागत मनात्य मनतव्य संगै सुरु भएको कार्यक्रमको संचालन माहासचिव तारा प्रसाद भुसालले गर्नुभएको थियो । कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका पदाधिकारीहरु, गुल्मी जिल्लाका कार्यलयहरुका प्रमुख तथा प्रतिनिधीहरु, कृर्षकहरु, सरोकारवालाहरु र पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend