logo
  • शुक्रबार, असोज ९ २०८३

चर्चित बन्दै मौलिक गीत “परानै दिन्छु”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं ।
म्युजिक भिडियोमा डान्सिङ प्याट्रन र फिल्ममा लोक फ्युजनका गीत संगीतको ट्रेन्ड अहिले नेपाली संगीत बजारमा छ । डिजिटल बजारमा उपलब्ध यी गीत संगीतको चर्चा र आयु कति होला धेरैमा केही महिना । भिडियो हिट हुन्छ भिडियोका मोडेल र डान्सर हिट हुन्छन तर गायक , संगीतकार र रचनाकार भने सधै छायांमा पर्छन।

सिर्जनामा दम छ भने गायक , कलाकार र रचनाकारको पनि खोजी , प्रशंसा र चर्चा हुन्छ भन्ने उदाहरण बनेको ‘ परानै दिन्छु ‘ म्युजिक भिडियो । छोटो समयमा नै लोकप्रीय बनेको यस गीतको भिडियोलाई १० लाख भिउज प्राप्त भएको छने भने मिडिया र दर्शक सोर्ता बाट राम्रो रिभिउ पनि प्राप्त भैरहेको छ।

यस गीतमा शब्द प्रलाद शाहको रहेको छ भने संगीत हरि लम्सालको रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन।

अर्गानिक टेस्टको ५ मिनेटको फिल्म हेरै जस्तै लाग्ने भिडियोमा कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend