logo
  • सोमबार, असोज १२ २०८३

बागलुङमा चट्याङ लाग्दा एक जनाको ज्यान गयो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ बैसाख ३१ ।
गल्कोट नगरपालिका वडा नं। ११ रिघा तुतुङ्गामा ९साविक रिघा गाविस ४, छिचिम्रा भन्दा केहि तल० चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। घरको नजिकै ९कुरसुलामा० घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङको कारण मृत्यू भएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभएको छ ।

मृतकको शव पोष्र्टमाटमको लागी इलाका प्रहरी कार्यालय हरिचौर लैजाने तयारी भएको छ। सोहि स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए।
त्यस्तै मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका ६, मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भिर घाइते भएका छन्।

घ१ज ५८२ नं। को ट्याक्सीले ठक्करदिँदा स्थानिय ५० वर्षकी कुमारी थापा घाइते भएकि हुन्। थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको र बडिगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारको लागी भैरवा पठाइएको ग्वालीचौर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend