logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा बिधुतको रकम २८ लाख ५५ हजार ४२६ रुपैयाँ उठ्न बाँकी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी बैशाख ३१।
गुल्मीमा नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मी शाखामा बिधुत प्रयोग गरेका र रकम असुल गर्न २८ लाख ५५ हजार ४२६ रुपैयाँ १० पैसा रहेको कार्यलयले जनाएको छ । कार्यलयका सुचना अधिकारी मेखराज जोशीका अनुसार रकम बुझाउनका लागि सबैलाई ७ दिनको समय अबधि दिई पत्रचार गरेको यदि सो समय अबधिमा रकम नबुझाए स्वत लाइन काटिने चेतावनी दिनुभयो ।

जिल्ला प्रशासन कार्यलयको ४७ हजार ९०४ रुपैयाँ र अर्को मिटरको ११ हजार ४८१ रुपैयाँ ९४ पैसा बुझाउन बाँकी देखिन्छ । यस्तै जिल्ला आर्युबेद कार्यलयको १५ हजार ६५५ रुपैयाँ , जिल्ला हुलाक कार्यलयको ११ हजार ५५१ रुपैयाँ , सभापति निवासको १२ हजार नौ रुपैयाँ , जिल्ला बिकास समितिको कार्यलयको १० हजार ९६९ रुपैयाँ गुल्मी अर्घाखाची परियोजनाको ५१ हजार ६५१ रुपैयाँ बाँकी रहेको छ । जिल्ला बन कार्यलयको १३ हजार ४४३ रहेको छ ।

स्थानीय तहले नै बुझाउदैनन महशुल

सिहंदरबारको अधिकार गाउँमै आएको र स्थानीय सरकार भनेर चिनिने स्थानीय तहहरुले नै बिधुत प्रयोग गरेबापत महशुल नबुझाएको पाइएको छ । सदरमुकाम तम्घासमै रहेको रेसुंगा नगरपालिकाले बिधुत प्रयोग गरेबापतको ४४ हजार २४४ रुपैयाँ महशुल भुक्तानी गरेको छैन । यस्तै इश्मा गाउँपालिकाले ७४ हजार ८२८ रुपैयाँ महशुल बुझाउन बाँकी देखिन्छ । यस्तै म्यालपोखोरी गाबिस कार्यलयको ३८ हजार ५१४ रुपैयाँ महशुल बुझाउन बाँकी रहेको छ ।

खानेपानी लिफटिङ योजना र कुटानी पिसानी पनि

जिल्लाका खानेपानी लिफटिङका अझै धेरै बुझाउन बाँकी रहेको देखिन्छ , जसमा रातापानी लिफटिङ अमर अर्बाथोकको ६८ हजार ५९७ , माछेम्याद लिफटिङको ४५ हजार ८०८ रुपैयाँ , यसै गरि साउनेथुम अर्याल आयल मिलको ३७ हजार ७७१ , पौडेल कुटानी पिसानीको २२ हजार ६४५ , लक्ष्मण आर्चाय मिलको १५ हजार ८२८ , यसै गरि निस्दी बडिगाड बिधुत सहकारीको ६६ हजार पाँच सय , पाण्डे युनाइटेड टेलीकम को ६९हजार ८४९ रुपैयाँ बाँकी रहेको छ ।

पाटी कार्यलय , बिधालय र संचार संस्था पनि

यसै गरि नेपाली काग्रेस पाटी कार्यलयको ५१ हजार ५८४ रुपैयाँ सामुदायिक रेडियो स्काईको ३२ हजार १८७ रुपैयाँ , रेडियो गुल्मी एफएम टावरको ३६ हजार ६९१ र महेन्द्र माध्यमिक बिधालयको ३५ हजार १८६ रुपैयाँ रहेको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend