logo
  • सोमबार, असोज १२ २०८३

घ्वाङ्ग खोलामा रेलो आउँदा बागलुङमा ३ घर विस्थापित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ वैसाख ३०।
सोमवार दिउसो परेको भारि वर्षा र हावाहुरीका कारण बडिगाड गाउँपालिका वडा नं. ६ खालमा ३ घर विस्थापित भएका छन् । पानी संगै माथिवाट आएको भलले स्थानिय गोठे सार्किको छाप्रे घर र चर्पि डुवेको छ ।

गोपाल श्रेष्ठ र गंगे सार्किको घरमा पनि क्षति पुगेको वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिनु भएको छ । घ्वाङ्ग खोलो रेलो सहित आएपछि घरहरुमा पसेको हो । माथिवाट आएको रेलोका कारण झण्डै २ घण्टा वढि अवरुद्ध भएको मध्यपहाडि लोकमार्ग खुलेको छ।

रेलोले लोकमार्ग अवरुद्ध गरेपछि तत्कालै जेसिभि वोलाएर सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताउनुभएको छ । करिव १ घण्टा सम्म आएको पानी र हावाले अन्य स्थानमा पनि सामान्य क्षति पुर्याएको छ।

ग्रामिण क्षेत्रमा खोलीएका सडक र वस्तिभन्दा माथिको जंगलहरुमा लागेको आगोका कारण नदि किनारका वस्तीहरु थप जोखिममा परेको स्थानियले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend