logo
  • सोमबार, असोज १२ २०८३

नागरिकलाई गाउँपालिकामा योजना तर्जुमाका चरण सम्बन्धी अभिमुखिकरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री , गुल्मी बैशाख ३० ।
गुल्मीमा नागरिकलाई योजना तर्जुमाका चरण सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका १ बलिथुममा योजना छनौटका चरणहरुसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।स्थानीय नागरिकले बस्तीस्तरको योजना छनौट गर्दा आफुहरुको अपनत्व महसुस हुने गरि वास्तविक आवस्यकतामा आधारित योजना छान्नका लागि सहयोग पुर्याउने उध्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्था एकीकृत ग्रामीण बिकास समाज गुल्मीले जनाएको छ । कार्यक्रमका सहभागीहरुले योजना छनौट गर्दा अहिले पनि व्यापक छलफल गर्नुपर्ने बताए । वडाध्यक्ष रामबहादुर पल्लीले आफुहरु योजना छनौट,कार्यान्वयन र अनुगमनमा नागरिकहरुको सहभागिता बढाउनको लागि प्रतिबद्ध रहेको भन्दै नागरिकले समेत चासो राख्नुपर्नेमा जोड दिए । कार्यक्रमका एक सहभागी नर बहादुर रानाले बिकासमा नागरिकको सहभागीता बढाउन सचेतनाको जरुरी रहेको बताए ।कार्यक्रममा पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत गठन गरिएको स्थानीय सभाका सदस्यहरु,जनप्रतिनिधी गरि कुल ३६ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सस्थाका परियोजना सम्योजक हीरा कुुँवरले गर्नुभयो । एकीकृत ग्रामीण बिकास समाज गुल्मीले सुसासन प्रबर्द्धन, नागरिक समाजको क्षमता अभिबृद्धी गर्ने उध्देश्यले पारस्परिक जवाफदेहीता परियोजना सन्चालन गरिरहेको छ ।

यस परियोजनाले साबिकको बलिथुम र दर्लामचौर गाबिसमा कार्यक्षेत्र बनाइ सुशासन प्रबर्द्धनका विभिन्न कामहरु गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend