साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं ।
लगनको महिना चलिरहेका बेला पञ्चेबाजाको “ठोक बाजा ठोक” नामक गित बजारमा आएको छ । प्रबासी कलाकार संघ जापानका अध्यक्ष हिमाल जंङ्ग क्षेत्रीको शब्द र विशाल क्षेत्रीको उत्कृष्ट लयमा गीत बजारमा आएकाे हाे ।
गायिका सम्झना लामिछाने मगर र गायक हरि खत्रीले पञ्चेबाजाको दोहोरी गीत “ठोक बाजा, ठोक” को म्युजिक भिडियोलाई बजारमा ल्याएका हुन् ।
जापानको फुकुओकामा बस्दै आएका हिमालजंग क्षेत्रीको शब्द र बिशाल क्षेत्रीको लयमा बनेको सो गीत सम्झना डिजिटल प्रा. लि. ले हालै बजारमा ल्याएको हो । सो भिडियोमा सर्जक हिमालजंग क्षेत्री र सायाँ भण्डारीको मुख्य अभिनय रहेको छ भने विक्रम चौहानको निर्देशन रहेको छ ।
मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायाङ्कनमा बनेको सो म्युजिक भिडियोमा जन्ती र लोकन्तीका प्रतिनिधी पात्रहरु बीच माया र प्रीतिका कथा बस्तुमा गीत बनेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend