साझा नेटवर्क
गुल्मी, बैसाख २९ ।
सामान्य रुखबाट उत्पादित काठ किलोको मुल्य कति पर्ला, तपाई भन्नुहुन्छ ५ रुपैयाँ वा १० रुपैयाँ वा पर्दै पर्दैन । तर गुल्मीको सत्यबती गाउँपालिका वडा नँ ८ भार्सेमा उत्पादित काठको मुल्य किलोको ३० हजार अमेरिकी डलर अर्थात नेपाली ३० लाख भन्दा बढी पर्ने स्वयम कृषकले बताएका छन ।

मलेसिया,कम्बोडिया र भारत को आसाम मा लोप भईसकेको यो काठ को नाम हो अगरउड । समुद्री सतह देखी १५,०० मिटर उचाईमा राम्रो सँग उत्पादन गर्न सकिने अगरउड को खेती नेपालमै पहिलो पटक आफुले गरेको दाबी गर्छन गुल्मी को भार्सेमा यसको व्यवसायिक खेति गर्दै आएका कृषक धन बहादुर पुन ।
उमेर ले ६१ बर्ष नाघेका धन बहादुरले अगरउडको व्यवसायिक खेति गर्न लागेको करिब २० बर्ष भयो । कम्बोडिया तथा बङ्गलादेशबाट प्राबिधिक हरु बोलाएर उक्त अगरउडको खेति सुरु गरेको उनै कृषक को भनाई छ । करिब ४ सय रोपनी जग्गामा १५ सय विरुवा लगाएका धन बहादुर लामो समय भारतिय सेनामा आवद्ध थिए ।
भारतिय सेनाको सेवा पछाडी अवकास लिएर उनी आफ्नो पाखो जग्गालाई उपयोग गर्ने र देश साथै आफुलाई पनि फाईदा हुने सोँचेर बिदेशमा लोप हुन लागेको र अत्यन्तै महँगो पर्ने काठ अगरउड को खेति गर्ने योजना बनाएर यसको अध्यायान सुरु गरे ।
यसको सबै प्राबिधिक ज्ञान बटुले पछि यसको खेती सुरु गरेको धन बहादुर बताउछन । अगरउडबाट अत्तर र सुगन्धित तेल बन्ने गर्छ जुन मुस्लिम देश लगायत बिश्व भरि नै राम्रो व्यापार हुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend