साझा नेटवर्क
अनिल खत्री, गुल्मी बैशाख २७ ।
छोरीलाई मोटरसाइकलले ठक्कर दिएको आबेगमा बुवाको कुटपिटबाट गुल्मीमा एक युवा घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा व्यवसाय गर्दै आएका रेसुङ्गा नगरपालिका वडा नम्बर ४ निवासी ३२ वर्षिय रेमलाल बस्याल कुटपिटबाट घाइते भएका हुन् ।

बस्यालको लु ३३ प ५३९९ नम्बर मोटरसाइकलले तम्घासको मिलनचोकमा ठक्कर दिँदा इस्मा गाउँपालिका ४ ढाडा निवासी ७ वर्षकी सफलता जिसी सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
तम्घासको मिलनचोकमा मोटरसाइकलले ठक्कर दिएर घाइते बालिकालाई चालकले उपचारमा लैजान खोज्दै गरेको अबस्थामा वालिकाका बुवा अन्दाजी २९ वर्षिय शिवलाल जिसीले बस्याललाई कुटपिट गरेर घाइते बनाएको बताइएको छ ।
कुटपिटबाट बस्यालको मुखमा चोट लागेको छ । घाइते बस्यालको गुल्मी अस्पतालमा उपचार भइरहेको बताइएको छ । मोटरसाइकलले ठक्कबाट घाइते वालिकाको अबस्था भने सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । बालिकाको गुल्मी अस्पतालमा समान्य उपचारपछि घर फर्किएकी छन् ।
कुटपिट गर्ने जिसीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । उनका अनुसार बालिकालाई मोटरसाइकलले ठक्कर दिएर बालिका सामान्य घाइते भएकी र मोटरसाइकल चाललाई वालिकाको बुवाले कुटपिट गरेर घाइते बनाएकाले उपचारमा पठाइएको बताए ।
घटनाबारे दुबै पक्षलाई राखेर छलफल गराइने प्रहरी नायव उपरिक्षक घलेले बताए । कुटपिट गर्ने स्याङजा जिल्ला प्रहरी कार्यालयमा प्रहरी जावन कार्यरत रहेको श्रोतले बताएको छ ।उनि बिदामा घरमा आएको बताएको छ । आफन्तलेकुटपिट गर्ने जिसीलाई कारवाहीको माग गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend