logo
  • सोमबार, असोज १२ २०८३

तम्घासमा बोरिङबाट पिउने पानीको ब्यबस्था गरिदै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,गुल्मी बैशाख २६ ।
सुख्खा समय सुरु भए संगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पिउने पानीको ब्यबस्था गर्न लागिएको छ ।

रेसुंगा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाली पिउने पानीको ब्यबस्था गर्न लागिएको वडा अध्यक्ष नारायण बरालले जानकारी दिनुभयो । बरालका अनुसार हाल वडा नं ९ मा रहेका ५२१ घरधुरीहरुलाई पानीको ब्यबस्था गर्न लागिएको र त्यस पश्चात अन्य वडाहरुका लागि पनि ब्यबस्था गर्ने बताउनुभयो । अहिले ४२ मिटर गहिराइबाट सामान्य पानी आएको छ यसलाई १५० मिटर गहिराई सम्म लगेर तम्घासमा पानीको दिर्घकालीन समस्याको समाधानमा लाग्ने गरि योजना बनाएको बताउनुभयो । जहाँ खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तम्घासको प्राबिधिक सहयोग रहेको बरालले बताउनुभयो ।

यता तम्घासमा खानेपानीको समस्या बढदै गएको समयमा यसलाई बिशेष महत्वका साथ हेरिएको स्थानीयहरुले बताउनु भएको हो । बुधबार रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले सो स्थानको अबलोकन समेत गर्नुभयो । तम्घासमा पिउँने पानीको समस्या हुदै गएपश्चात नगरपालिकाले ट्याङकि बाट पानी बितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend