logo
  • सोमबार, असोज १२ २०८३

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक खनाल, अर्घाखाँची बैशाख २५।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित श्री ज्ञान प्रकाश मा.वि. स.न.पा. १२ सल्लिकोटमा स.न.पा. १२ वडा कार्यलयको चालू आ.व. २०७५/०७६ को स्वीकृत कार्यक्रम अनुसार स.न.पा. १२ का सामुदायिक विधालयहरुमा अध्ययनरत एकल विपन्न र गरिब तथा जेहेन्दार बालवालिकहरुका लागि शैक्षिक सामाग्री तथा पोशाक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

वि.व्या.स.का अध्यक्ष काशीराम वस्यालको अध्यक्षता, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालिको विशेष अथित्यता र वडाका जनप्रतिनिधि सहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम शिक्षक दिनामिण बेलवासेको सन्चालन र प्र.अ. सुर्य बहादुर खनालको स्वागत मन्तव्यमा भएको थियो ।

उक्त कार्यक्रममा स.न.पा. १२ का वडा अध्यक्ष नारायण खडकाले आफ्नो व्यतिगत प्रयासमा ज्ञान प्रकाश मा.वि. लाई खेलकुद सामाग्री अन्तर्गत भलिबल, नेट, पम्प हस्तान्तरण गर्नुभएको थियो ।

स.न.पा.१२ का वडा सदस्य नारायण बस्यालले स.न.पा.१२ का बालबिकास र कक्षा १ का बालवालिकालाइ अंग्रेज़ी माध्यमको पाठयपुस्तक कापी, पेन्सिल र इलेजर समेत हस्तान्तरण गर्नुहुदै दुबै प्रतिनिधीले समुदायिक विधालयको गुणस्तर सुधार्नमा आफुहरु निरन्तर लागि पर्ने प्रतिबद्धता व्यत्त गर्नु भएको थियो ।

सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि कमल प्रसाद भुसालले नगरको शैक्षिक विकासका लागि नगरपालिकाले आफ्नो निजि तथा कार्यक्रम बनाएका सामुदायिक विधालयको गुणस्तर सुधारका लागि लागिपर्ने धारणा व्यत्त गर्नुभयको थियो ।

प्रमुख प्रसाकिय अधिकृत जीवन ज्ञवालिले कार्यक्रम राखेकोमा वडा कार्यक्रमलाई धन्यवाद दिदै दुबै जनप्रतिनिधिहरुलाइ विधार्थी र विधालयलाइ सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

साथै उक्त कार्यक्रममा ज्ञान प्रकाश मा.वि. का पुर्व विधार्थी हाल बुटवल मिलनचोक निवासी मधु कुमार श्रेष्ठ र आमा टप कुमारी श्रेष्ठले स्वर्गिय पिता तथा श्रीमान बेद प्रसाद श्रेष्ठको स्मृतिमा रु. एकलाख एक हजारको अक्षयकोष स्थापनाका लागि विधालयलाई नगद रकम समेत हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend