logo
  • सोमबार, असोज १२ २०८३

अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसरमा खर्वाङमा युवा सर्कल गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ बैसाख २५ ।
नेपाल रेडक्रस सोसाइटि उपशाखा खर्वाङ अन्तरगत श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय खरवाङमा नेपाल युवा रेडक्रस सर्कलको गठन गरिएको छ। नव गठित ११ सदस्यिय समितिको अध्यक्षमा समिर पौडेल, सचिवमा किनार विक, कोषाध्यक्षमा समसुलक अलि, उप सचिवमा दिपा नेपाली, उपकोषाध्यक्षमा विवेक पन्थी लगाएत रहनुभएको छ।

सर्कलको शिक्षक नायकमा वुद्धिवल चालिसे, सह नायकमा मिनु घर्ति तथा संरक्षकमा प्रधानाध्यापक ढालमणि भण्डारी रहनुभएको छ। विद्यार्थीहरुको भेलाले होमनाथ अर्यालको संयोजकत्वमा सल्लाहकार समितिको गठन गरेको छ। जसको सदस्यमा शिव पोखरेल र बद्रिनाथ घिमिरे रहनुभएको छ।

अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसर पारेर गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारी, नेपाल रेडक्रस सोसाइटि उपशाखा खर्वाङका सचिव ढालेन्द्र शेरचन लगाएतले हेनरी ड्युना र रेडक्रसको चर्चा गर्नुभएको थियो।

सो कार्यक्रम उपशाखाका सभापति होमनाथ अर्यालको अध्यक्षता तथा सदस्य कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend