logo
  • शनिबार, असोज १० २०८३

नयाँ शक्ति र फोरमबीच पार्टी एकताः नयाँ राजनीतिक शक्तिको उदय भएको दाबी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,काठमाडौं बैशाख २३ ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच एकता भएको छ । सोमबार काठमाडौंको कमलादीमा आयोजित विशेष समारोहमा फोरम र नयाँ शक्ति एकीकरण भइ समाजवादी पार्टी नेपाल गठन भएको हो ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । यस एकताबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको र संघीयता,सुशासन,समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक रहेको कुरा सहमति पत्रमा उल्लेख गरिएको छ ।

एकतासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियान पनि सकिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend