साझा नेटवर्क
हिम शिखर,गुल्मी वैशाख २३ ।
गुल्मी धुर्कोट गाउँपालिका-२ पिपलधारा का वैदेशिक रोजगारीमा रहेका युवाहरू द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मीमा एक कार्यक्रमको आयोजना गरि नव वर्ष शुभकामना आदानप्रदान तथा २०७६ सालको क्यालेन्डर विमोचन तथा वितरण कार्यक्रम,दुईवटा माध्यमिक विद्यालय गणेश मा.वि र ज्ञानोदय मा.वि लाई स्वच्छ पानि को लागि युरोगार्ड मशिन हस्तान्तरण सगैं गणेश मा.वि मा प्लस टु संचालन गर्ने भएकाले उक्त कार्यलाई सघाउन अक्षेरुपी पाँच लाख पचपन्न हजार पाँच सय पच्पन्न घोषणा गरेको छ ।
स्थानीय समिति का अध्यक्ष राम बहादुर खड्का को अध्यक्षता , धुर्कोट गाउँपालिका का उप प्रमुख शिव बहादुर के सि को प्रमुख आतिथ्य र सोही गाउँ पालिका वडा २ पिपलधाराका वडा अध्यक्ष नवीन जिसि सचीव ,संस्था का केन्द्रिय उपाध्यक्ष राम प्रशाद घिमिरे र धुर्कोट गाउँ पालिका सदस्य कमला घर्ती को विशेष आतिथ्य रहेको उक्त कार्यक्रम मा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,हेपो इन्चार्ज,आयुर्वेद इन्चार्ज विभिन्न विद्यालयका प्र.अ र शिक्षकहरु ,स्वयंसेविकाहरु,बुद्धजिवी ,समाजसेवि लगायत सोही संस्थाका स्थानीय पदाधिकारीहरु र विभिन्न उपसमिति का पदाधिकारीहरु को उपस्थिति रहेको थियो ।
विगत पाँच वर्ष देखि अनवरतरुपमा पिपलधारा को चौतर्फी विकासमा उल्लेखनीय कार्यगर्दै आएको उक्त संस्थाले हरेक वर्ष जस्तै यसपालि पनि कोहि नछुटुन,कोहि नदोहोरिउन भन्दै साविकका प्रत्येक वडा का घर धुरीमा आफ्ना क्यालेन्डर पुर्याउन साविक का वडा बाट प्रतिनिधित्व गरेका हरु लाई जिम्मा लगाएर क्यालेन्डर वितरण गरेको छ । उक्त संस्थाले आफ्ना क्यालेन्डरहरु छिमेकी वडाहरु हाडहाडे , सोमरहोमर ,नयाँ गाउँ र मालारानी गाउँमालिका खनदह मा समेत क्यालेन्डर वितरण गरेको छ ।
उक्त कार्यक्रम मा बोल्दै धुर्कोट गाउँपालिका का उपप्रमुख शिव केसि र वडा अध्यक्ष नवीन जिसि ज्यु ले संस्था का कार्यहरु को सहराना गर्दै आफूहरु ले आगामी दिनहरु मा संस्था सगँ सहकार्य गर्दै विकास का कार्यहरु लाई तिव्रता साथ अघि बढाउने र पिपलधारा लाई नमुना वडा बनाउने प्रतिबदद्ता जनाउनु भएको थियो । स्थानीय समिती को आयोजना मा भएको उक्त कार्यक्रम मा स्थानीय समिती मा थप दुईजना कृष्ण थापा र असोक खनान लाई संस्थाले समावेश गरेको छ ।
धुर्कोट गाउँपालिका २ पिपलधारा गणेश मावी मा भएको उक्त कार्यक्रम को संचालन संस्थाका स्थानीय समिति का सचिब नरेन्द्र थापाले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend