logo
  • शुक्रबार, असोज ९ २०८३

निर्वाचनमा प्रयोग भएका युवा, अहिले थोत्रा बोत्तल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-सज्जन ढकाल ।
देसमा निर्वाचनको लहर आउँछ । चुनावी एजेण्डा सहित दलबलसंगै हाम्रा महारथिहरु युवाहरुलाई फोन घुमाउन थाल्छन । खोजी खोजी केछ भाइ ? आरामै कता हो ? युवा हजुर-हजुर भन्नुस हामी तयारी नै छौ । यश पाली चाहिँ जसरिनी जित्नु पर्छ है ।

हामी आज यता ब्यस्त छौ, भोलि त्यो वडामा आउदै छौ सबै प्रबन्ध मिलाउनु है, हस भै हाल्छ । मानिसको भिड बाक्लो गरानु है युवा चुनावी प्रचारमा गाडी संगै माइक फुक्दै घुम्छ्न । निर्वाचनको समय अवधी भर मोटर साइकल लगायत गाडिमा त्यो पेट्रोलपम्पमा तेल हाल्नु र रेस्टुरेन्टमा जानू जे मनलाग्छ सबै खानु म भनिदियको छु, फोन कट्छ।

त्यो अवधी यति सम्बेदनसिल हुन्छ फोन पनि झ्याप झ्यापती लाग्छ । उठछ पनि कस्तो बिचित्र सायद सधै यस्तो हुदैन त्यो निर्बाचनको नियती पापीनै होला । किनकी त्यति बेला महारथिहरुलाइ प्रबल बाध्यता हुने गर्दछ !किनकी अन्य बैकल्पिक उपाय मिल्ने गर्दैन ।

निर्वाचन सम्पन्न भयो विजयी भए विजयी जुलुस, र्‍याली पराजित भए समिक्षा लगायत अन्य विभिन्न परामर्स लगायत युवा स्वरोजगारका कुराहरु राम्रो देसमा बैदेसिक रोजगारिमा पाठाइदिन्छु, विभिन्न अनुदानको व्यवस्था गरिदिन्छु । चिन्ता नगर युवाको कलिलो मस्तिष्क होतनी गरि हाल्छन बिस्वास र भरोसा ।

चुनावी प्रक्रिया सहज र असहज बुथ कब्जा देखि सबै अन्य सुरक्षा दस्ता युवाको भरोसा । छिन-छिनमा कल के हुँदै छ ? हामी सम्बोधनका लागि आउदै छौ । जनसागर डाक्नु कार्यक्रम स्थलमा भरि भराउ गराउनु । सामाजिक सन्जालमा प्रचार प्रसार भरि भराउ गराउनु । पार्टी परित्याग गरि अन्य पार्टीका यश पार्टीमा प्रबेस भन्दै समचार बङ्ग्यायर न्युज अपडेट गरि रहने सबै युवा नै हुन ।

समय एकै प्रकारको हुदैन प्रतिद्वन्दी पार्टीका कार्यकर्ता सङ्ग मुक्का हानाहान संगै खुकुरी र खुडा प्रहार सम्सद गराउन गर्धनमा खुकुरी थाप्ने युवा । मौन अवधी सुरु हुदा सम्म् गाउँगाउँ रातिमा लुकि छुपी पैसा पोको पार्दै मत किनबेचको लागि अनिदो हुँदै गरिने यात्रा बिजयी पश्चात् प्राप्त फलको भरोसामा ।

हुन त फुले जति फल्ने र फले जति फल पाक्ने नियम प्रकृतिले दियको छैन तैपनी केही अवस्य पुर्ण हुन्छ्न तर त्यो फल यहाँ त्यसो हुदैन । चुनावी प्रचार प्रसारमा एकै मोटरसाइकलमा चारजना बोक्दा बोक्दै लखतरान थाकेको शरीर बेलुकी उहीँ कमरेडको होटल या रेस्टुरेन्ट रोयल स्टेग, भिजन चिभास, बियर लगायत अन्य ब्रोइलर कुखुराको साप्रो, सुकुटी छोइला, सेकुवा, भुटुवा साथमा सुरुप्प अमृत क्या आनन्द ।

त्यो रात्रीकालिन निन्द्रा थाह नपाइकिन सुर्येको उज्यालो किरण संगै उहीँ प्रचारको काम । दिन कसरी बित्छ थाह हुदैन । नितिगत सिद्धान्त केहो पत्तो छैन उहीँ राजाको काम कहिले जाला घाम भने जस्तो बेलुका कति बेला होला भन्दै उहीँ सुरुप्पको स्मरणमा युवा प्रयोग गराउने महासाप क्या ताजुव लागेर आउँछ ।

निर्वाचन प्रकृया कति जटिल छ । त्यो विशेषगरि सबै युवालाइ थाह हुने कुरा हो । किनकी गाडिको छ्तमा बसि नारा लगाउदै मत माग्नका लागि घरघरमा जादाको रोदन केही आस्थाको कारण पनि भयको हुन्छ । तर आज तमाम युवाको रोदन कसरी बल्झिएको छ । महारथी सापहरु हेक्का राख्नु होस । त्यो ताजुव बिस्फोट होला ? एक भोटका लागि बुथमा गरेका झगडा सायद इतिहासमा सुरक्षित छन । त्यो कालान्तरले देखाउने गर्दछ ।

अब त विस्फोट हुनु पर्ने हो बिस्फोट पो कसरी हुने हो । निर्वाचनमा हिडेका युवा खाडिमा पिल्सियका छन । अर्को निर्वाचनमा नयाँ पुस्ता निर्माण भैसक्छ्न भन्ने क्या गजवको तरिका महासापको । किनकी युवालाई बलिको बोको गराउदै कयौं पटक निर्बाचनको जित हात पारेका छन । त्यो तिनिहरुलाइ केही अनौठो लाग्दैन ।

किनकी त्यो समाज जातियताको नारा, त्यो समाज बिकासको यन्त्र, त्यो समाज पैसाको चलखेल तर युवा चाहिँ रक्सी र मासु संगै प्लास्टिकको बोत्तल जस्तो क्या उदेग लागेर आउँछ । दुई चार हजार रुपिया केही आस्वसन र उधारो बोलिको भरमा लाखौं युवाको भबिस्य र श्रमको समय महिनौ दिन प्रचारमा बितिके छ ।

केही युवाले लाभ पनि लियका होलान तर ९५ प्रतिसत युवाको हालत प्लास्टिकको बोत्तल जस्तो छ । किनकी न आज दुखमा फोन उठछ न पिडामा मलम बनि आउँछ । त्यो हिसाब किताब सबै मिलेर आगामी निर्वाचनमा गतिलो झापट दिनु सिवाय के हुदैन । समयले चेप्दै परिवारिक समस्या पहाड बन्दै गर्दा उहीँ ५५ डिग्री तापक्रममा पिल्सिन गैरी खेत बन्दगी राखेर खाडिको यात्रा तय गर्ने हो ।

त्यही रेमिट्यान्स बाट तलव भत्ता पचाउने हरु दिल खोलेर रोजगारिका आधार र सम्भावना सृजना गर । तैपनी अन्त्यमा फोन लगाउछु निर्बाचन भयको पनि बर्सौ भयछ । फोन उठदैन किनकी त्यति बेला आफै कल आउने यस्तो परिपाटी बन्द हुदो रहेछ । सांसद बनाउने जनता र यिनै युवा हुन हजुर हेक्का राखेर उभिनुहोस ठेस लगाउदै लडाइ दिन पर्ने दिन आएका छन ।

युवा निर्वाचनका खम्बा हुन तर पछि धमिराले खाएका काम नलाग्ने पारी भन्झ्याङ्गको खोल्सामा मिल्काइ दिने कुहिएको धुलो र पानी पियपछि मिल्काइयको मिनरल वाटरको बोत्तल जस्तो बनाइदै छ । दुताबासको छात्रवृत्तिमा नेताका छोराछोरी विदेशमा पढ्दैछ्न । दुरदराजका युवा खाडिमा पसिना बगाउदै छन ।

यो तितो सत्य यथार्थ हो । गरिवको छोरो अस्पतालमा पैसाको अभावमा उपचार नपायर छ्टपटाउदै छ । चुनावको प्रचारमा हिड्ने युवा राहधानी बोक्दै मेनपावर र दलाल कहा धाउदै छ । पल्लाघरे साइलाले घरमा बिजुलि बत्तिका लागि मिटर जडान गर्न सकेका छैनन । किनकी तिनैका छोरा दिनरात चुनावि प्रचारमा हिडेका थिए । सम्झदा दुख होइन भक्कानो फुटेर आउँछ ।

अवसर नआउने होइन अवसरमा युवा होइन आफन्तले स्थान पाउँदा रहेछन । ती उधारण प्रसस्तै भेटिएका छन । नालिबेलि उजागर गरिरहन पर्दैन । तिनिहरुको दानापानीमा चल्नेहरु प्रसम्सा गर्दा रहेछन । दुखको रोदनमा पिल्सनेहरु अब बिद्रोह गर्ने समय आएको छ ।

वास्तवमा एक जोडि ट्र्याक सुट, टिसर्ट रक्सी मासु र २-४ लिटर पेट्रोलको लोभमा चुनावी झन्डा बोकेर पछि लाग्ने हामी सबै दोषि हौ । किनकी हामिमा दिर्घकालिन विवेकको अभाव छ । प्रतिफलको आशा भन्दा पनि वर्तमानको रंग-सङ्ग रमाउने गर्छौ र त यस्तो बिकराल भुमरिमा पिल्सिएका छौ ।

चिल्ला कुरा सुन्ने होइन अब परिवर्तनको आगो ताप्ने दिन आएको छ । अब मुक्का आपसमा होइन महासापको गर्धनमा ठोक्नु पर्छ । त्यो पनि विवेक प्रयोग गरेर रित्तो मिनरल वाटरको बोत्तल पनि बजारमा पुन प्रयोगको लागि प्रयोग हुने गर्दछ । त्यसैले त धैर्य गरौं रित्तो बोत्तल गराई फ्याक्नेहरुका लागि पहाड बनि जाइलागौ ।

समयले नियतिको पैदा गराउछ । परिस्थितिले उपाय अवलम्बन गर्न सिकाउछ । निर्वाचनमा प्रयोग गरिने सम्यन्त्र पुनः आवश्यक पर्ने होकि नाइ ? त्यो स्वार्थी कटुतालाई थाह होला । तर अर्को पट्क मुक्का हान्ने परिस्थिति आफै सृजना गर्दैछौ, साबधान ।

अर्को पटक पक्कै पनि निर्वाचन हुन्छ । जनताको माझमा आउनेनै होला युवा चाहिनेनै होलान त्यति बेलाको आवश्यकता त महत्वपूर्ण घण्टी सुखदको बज्छ की दु:खको । समयले आफै निर्धारण गर्दछ । समृद्धिको सपना युवा स्वरोजगार कार्यक्रम प्रसासनिक जटिलता सहजताको अभाव हामी माझ प्रस्तुत भएका छन ।

सपनिमा युरोपका कुरा बिपनिमा नाट्य रुपान्तरण जस्ता परिघटना हामी युवाले मस्तिष्कमा राख्नु नेपालमा मनोरेल र मेट्रोमा सवार हुनु जस्तो बिडम्बनाको कुरा के नै हुन्छर ? स्मरणमा राख्दा पनि उदेग लागेर आउछ । त्यसैले आजबाट महानगरको फोहर लैजाने गाडि र फोहरको थुप्रोमा मिल्कायर मानव मेमोरी स्क्यान गरेको हो ।

अब प्रचार होइन विरुद्धमा आवाज उठाऔ युवा हो । हिज दाजु खाडिमा आज भाइ पनि खाडिमा पिल्सिनु पर्ने कस्तो दिग्दारी हामि अभागी हौ । युरोपका कयौं देस तिनिहरुका सन्तती हाप टिसर्ट र हापकट्टुमा सयल मारी ट्रावल गरिरहेका छन । के त्यो रहर गर्धन थाप्ने यक इमान्दार युवालाइ हुदैन अबस्यपनि किनकी त्यसो पनि गर्न निष्ठाले दिदैन किनकी हामिलाइ दानापानिमा चल्नु परेको पनि छैन, चल्नु पनि हुदैन ।

आवाज बुलन्द गर्दै गर्दा भिख मागेको पनि होइन । समाज परिवर्तन गर्नु पनि हाम्रै दायित्व र उच्च कर्तव्य हो । हामी बिकृती विसङ्गतिको विरोधी हौ । उधारो बोलिलाई नगदमा परिणाम दिलाउन पहल गर्ने दस्ता पनि हौं भन्दै गर्दा ठन्डा मस्तिष्कले बिलय गरेर बिद्रोह गर्न पठाउदै छ ।

यो समयको माग हो, जब बजारमा कुनै बस्तुको मूल्य कम हुन्छ माग घट्छ । माग बढी हुन्छ मूल्य बढ्छ । भने जस्तो प्रतिस्पर्दा बजारमा हामी राम्रै लागतमा लगानि गर्न सक्छौं । त्यसैले मुनाफा होइन इमान्दारिता खोज्नु परेको हो । भुकम्प बाढी पहिरो आधी हुरि बिपतमा फिल्डमा खट्ने को ?

चुनावमा कुद्ने पनि युवा श्रमको सोसण गरिरहने अनि उधारो बोलिले कहिले युवाको गाँस बाँस र कपासको प्रबन्ध गरिदिने हो । त्यो पार्लिमेन्टमा बस्दाको इज्जत कस्ले जुराइदियो ? निसाना लगाऔ र अब तोपले उडाइदिनु पर्छ । किनकी त्यो मानसपटलमा खोक्रो भारी बोक्न नपरोस ।

सचेत बनौं अन्ध भक्त होइन इमान्दारिता र फल्ने बोट रोपौ किनकी बजारना बेच्नु र बिहान बेलुकाको छाक टार्नु छ । हामी बिक्रि संगै किनबेचको निसानामा पनि होइन समानता र न्यायिक तथ्यको पक्षमा ओकालत गरौं । लङ्कामा सुन त छ बिडम्बना यहाँ तिजमा लगाउने तिलहरी छैन ।

के गर्नु बेलि लहराको जरा पनि हुदैन फल पनि हुदैन यस्तै रहेछ यहाको चलन । रित्तो प्यालास्टिकको बोत्तलमा रङ्गिन कस्तुरिको बास्ना जस्तो गन्ध भरिदिने परिपाटी डम्पिङ साइटमा लैजादै बातवरण हराभरा गराउनु छ । र बोत्तलमा पनि नयाँ सुत्रको नयाँ प्रबिधिले बजार पाउने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend