logo
  • सोमबार, असोज १२ २०८३

बिदेशमा भएका युवाहरुद्धारा विश्व आधारभुत बिद्यालय तमानखोला गाउँपालिका नर्जाखानीमा शैक्षिक सामाग्री सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हेम विश्वकर्मा,बुर्तिवाङ बैशाख २३ ।

विश्व आधारभुत बिद्यालय तमानखोला गाउँपालिका वडा नं ६ नर्जाखानीको ३० औँ बार्षिक उत्सबका अबसरमा बिद्यालयलाई त्यहाँका केही स्थानिय युवाहरुले शैक्षिक तथा भौतिक सामाग्री सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा अमेरिका,दक्षिण कोरिया,लगाएतका बिभिन्न देशहरुमा कार्यरत त्यहाँका शिक्षाप्रमी सहयोगी युवाहरुले १ थान कम्प्युटर, १ थान प्रिन्टर तथा १ थान प्रोजेक्टर सहयोग गरेका हुन् ।

आफ्नो गाउँ आफै बनाउँ भन्ने उदेश्यका साथ अगाडि बढेका युवाहरुले गाउँ गाउँमा भएका बिद्यालयमा शैक्षिक गुणसतर बृद्धि होस् , बिद्यार्थीले आधुनिक प्रबिधि मार्फत अध्ययन गर्न पाउन् भन्ने अपेक्षाका साथ बार्षिक उत्सबको अबसरमा सहयोगी अभियान्ताहरु तिलक छन्त्याल र मदन छन्त्यालले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि एबम् तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले युवाहरुको सक्रियतामा यसखालको सामाजिक कार्यहुनु प्रसंसनिय भएको भन्दै युवा एकता हुन जरुरी रहेको बताउनुभएको हो । आधुनिक प्रबिधि भित्रिएसँगै अब गाउँपालिकाका बिद्यालयमा शैक्षिक गुणसतरले फड्को मार्ने उहाँको भनाई रहेको छ । थप बोल्दै उहाँले यस शैक्षिकसत्रमा बिद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन भएको भन्दै अबको १०÷१५ बर्षमा कम्प्युटर पढाउने शिक्षक खोज्न नपर्ने बताउनुभएको हो ।

बिद्यालयलाई अतुलनिय सहयोग गरेको भन्दै बिद्यालयका प्रध्यानाध्यापक ओम प्रसाद छन्त्यालले युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै सामाजिक कार्यमा सँधै यसरीनै अग्रसरहुन प्रेरित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend