logo
  • सोमबार, असोज १२ २०८३

रेसुङ्गाको पर्यावरणलाई यथाबत राख्न आग्रह


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी बेशाख २३।
राष्ट्रपति कार्यलयका धर्म संस्कृति संबन्धी बिज्ञ खेमचन्द्र ढकालले रेसुंगाको पर्याबरण क्षेललाई यथाबद राख्न र त्यस क्षेत्रको बिकासका निम्ति लाग्न आग्रह गरेका छन् । रेसुंगा नगरपालिका गुल्मीले सजिल्ला समन्वय समिति गुल्मीको सभाहलमा आयोजना गरेको रेसुंगाको बिकास र पहिचान संबन्धी छलफल कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

ढकालले रेसुंगाको गौरब बढाउनका लागि राज्यको तर्फबाट गर्नुपर्ने कार्यका लागि काफू कछाड बाधेरै लाग्ने प्रतिबद्धता ब्याक्त गरे । सोमबार बिहान रेसुंगा क्षेत्रको अबलोकन गरेर फर्केका ढकालले गौशलला संरक्षणको निम्ति गुरु योजना बनाएर लाग्न आग्रह गर्दै त्यका लागि राज्य तर्फबाट गर्नु पर्ने कार्यहरुमा आफूपनि लाग्ने प्रतिबद्धता ब्याक्त गरे ।

छलफल कार्यक्रममा गुल्मी जिल्लाका राजनीतिक दलहरु , रेसुंगा नगरपालिकाका जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुले रेसुंगा क्षेत्रको बिकास गर्न र पर्यटनमा बिकास गर्नका लागि त्यस क्षेत्रमा सुबिधा संपन्न होटलहरु र यातायातको ब्यबस्था गर्दै त्यस क्षेत्रमा रहेका जीबजन्तुहरुलाई पानीको ब्यबस्था गर्न सुख्खा पोखरीहरु निर्माण गर्न आग्रह गरेका छन् ।

यता रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले रेसुंगा क्षेत्रको बिकासका लागि नगरपालिकाले कार्यहरु गर्दै आएको जानकारी दिदै सुबिधा सम्पन्न होटल र आवास सहितको ब्यबस्था गर्ने बताए र रेसुंगा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि नगरपालिकाले गुरु योजना बनाएरै अगाडी बढने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend