logo
  • सोमबार, असोज १२ २०८३

सदरमुकाम तम्घासमै रहेका पसलमा मुल्य सुचि राख्दैनन्


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे,गुल्मी बैशाख २३ ।
सदरमुकाम तम्घासमै रहेका किराना तथा होलसेल पसलहरुमा मुल्य सुचि नराखेको पाइएको छ । उधोग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय रुपन्देहीको नेतृत्वमा तम्घास बजारमा गरिएको अनुगमनमा मुल्य सुचि नै नराखेको पाइएको हो । तम्घास बजारमा रहेको अस्मिता किराना पसलमा तम्घासमै धेरै सामान किन्नेहरुको भिड लाग्ने गर्दछ तर त्याँहानै मुल्य सुचि नै नराखेको पाइएको हो ।

 

यस्तो पाइए पछि उपभोक्ता संरक्षण निर्देशनालयका नारायण भट्टराईले अहिले मुल्य सचि र पसलको छाप नराखेको पाइयो अहिलेलाई सुधार गर्नका लागि भनेका छौ यदि आगामी दिनहरुमा सुधार नभए कानुन अनुसार कारवाही गरिने जानकारी दिए । यता उधोग बाणिज्य संघ गुलमीका माहासचिब तारा प्रसाद भुसालले तम्घासका पसलहरुलाई बाणिज्य संघले मुल्य निर्धारित गरी सबैलाई पठाइएको दाबी गरेका छन् तर किन राखेनन् त्यसलाई उधोग बाणिज्य संघले पनि कडाइका साथ लागु गर्ने बताए ।
यता अस्मिता किराना पसललका संचालक राजन पाण्डेले अबिलम्ब मुल्य सुचि र छापको ब्यबस्था गर्ने प्रतिबदता जनाएका हुन । टोलीले पैचो पसल प्रालि,पाण्डे होटल,सयपत्रि होटल,अस्मिता किरान पसल र मैत्री मिष्ठान्ड भण्डार लगायतमा अनुगमन गरेको थियो । अनुगमन टोलीमा उधोग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय रुपन्देहीका नारायण भट्टराई,बालकृष्ण खनाल,जिल्ला प्रशासन कार्यलय गुल्मीका नायब सुब्बा तुल्सी न्यौपाने , गुल्मी उधोग बाणिज्य संघका माहासचिब तारा भुसाल,रेसुंगा नगरपालिका गुल्मीका तपन पाण्डे,पत्रकार लगायत जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । अनुगमन टोलीले होटलहरुमा सरसफाइमा ध्यान दिन सुझाब दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend