logo
  • सोमबार, असोज १२ २०८३

चौडिला, पाकुरीकारुख, डाडाकटेरी जोड्ने मोटरबाटो उद्घाटन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक खनाल, अर्घाखाँची बैशाख १८ ।
अर्घाखाँचीको चौडिला, पाकुरिकारुख हुँदै डाडाकटेरी जोड्ने मोटरबाटोको उदघाटन सम्पन्न भएको छ । जसमा मोटरबाटो समितिका अध्यक्ष गोपाल वस्यालको अध्यक्षता, पुर्व उपप्रधानमन्त्री तथा संघिय सांसद माननीय टोप बहादुर रायमझीको प्रमुख अथित्यता, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको विशिष्ट आथित्यता रहेको थियो ।

त्यस्तै ने.क.पा. अर्घाखाँचीका अध्यक्ष जनार्दन खनाल, सन्धिखर्क ११ का वडा अध्यक्ष धुर्वराज आचार्य, छत्रदेब गाउँपालिका वडा न ६ का वडा अध्यक्ष कमल पौडेल, नेपाली काङ्ग्रेस नगर कमिटी सभापती बिनोद आचार्यको रहेको थियो भने अथितिहरुमा शस्त्र प्रहरी बलका प्रमुख गोपाल श्रेष्ठ, सन्धिखर्क ११ का सचिव कुलदिप पोख्रेल लगाएतको रहेको थियो ।

साथै कार्यक्रमको सन्चालन पुष्कर आचार्यले गर्नु भएको थियो । कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य धुर्वराज अचार्यले राख्नुभएको थियो । छत्रदेब गाउँपालिका वडा न ६ का अध्यक्ष कमल पौडेल, ने.क.पा. अर्घाखाँचीका अध्यक्ष जनार्दन खनाल मन्तव्य दिनुभएको थियो।

पुर्व उपप्रधानमन्त्री तथा सघिय सामसद माननीय टोप बहादुर रायमझीले बाटोको बरेमा बोल्दै थोरै रकमले पनि धेरै काम गर्न सफल भएको मा उपभोक्ता समितिको टिम लगायत गाउँलाई नै धन्यवाद दिनु भयो । साथै उक्त कार्यक्रममा प्रमुख अथितिबाट स्काभेटर, दोजर चालक र बस चालक लाई पनि मालालागाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend