साझा नेटवर्क
हुमाकान्त पाखरेल, गुल्मी वैशाख १५।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको ३६ औ जिल्ला सभा सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक बर्षको आयव्यय तथा सँस्थाका आगामी योजनाहरु प्रस्तुत गरिएको छ ।
गत बर्ष कुल एक करोड ६९ लाख बराबरको आयव्यय प्रस्तुत गरिएको रोसन सिंह ठकुरीले जानकारी दिए । कार्यक्रममा जिल्लाभरका २३ उपशाखाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गुल्मीका सभापति अनुप कुमार श्रेष्ठको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको प्रमुख आतिथ्यता, रेसुङ्गा नगरपालिकाका उपप्रमुख सिता भण्डारी तथा रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य शशि पन्थीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend